समुन्द्रमा डुबेर नेपाली दाजुभाइको मृत्यु

काठमाडौं । समुन्द्री किनारमा माछा मार्न गएका दुई नेपाली दाजुभाईको छालले बगाएर मृत्यु भएको छ । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् । शवको अन्त्येष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई नसकेको तामाङ समाज पोर्चुगलका अध्यक्ष सुनिता ब्लोन तामाङले बताउनुभयो ।
नौ महिनाअघि पोर्चुगल पुगेका दाजुभाईले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।