मुख्यमन्त्रीसँग नवलपुरका किशाेरीको भेटवार्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नवलपुर जिल्लाका किशाेरीले सामूहिक भेटवार्ता गरेका छन् । बालिकामैत्री नगरको रुपमा परिचित नवलपुरको देवचुली नगरपालिकाका किशोरीले मुख्यमन्त्री गुरुङसँग भेटघाट गरेका हुन् ।

भेटमा उनीहरुले मुख्यमन्त्रीलाई विभिन्न २५ बुँदे ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरुले केही नीतिगत सुधार र केही संरचनागत सुधारमा आफ्ना धारण मुख्यमन्त्री समक्ष प्रस्तुत समेत गरे ।

मुख्यमन्त्री गुरुङले सरकार आँफैमा नयाँ अनुभव लिँदै गरेकाले केही कानुन निर्माणमा अन्योलता भएपनि यस वर्ष धेरै कानुन निर्माणका काम अगाडि बढेको बताउनुभयो । किशोरीको सवालको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले संरचनागत विकासमा बालबालिका मैत्री बनाउनेमा सरकार प्रष्ट रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…