फाइनान्सले तोक्यो बोनस, कसले कति पाउँदैछन् ?

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस दिने भएको छ ।  फाइनान्सको २५ औं बार्षिक साधारणले शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

कम्पनीका अध्यक्ष वसन्तकुमार चौधरीको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०७५, ७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब समेत पारित गरेको छ ।

साधारणसभाले आगामी कार्यकालका लागि सञ्चालक समितिमा वसन्तकुमार चोेैधरी, राहुल इन्फ्रास्ट्रक्चर प्रा. लि. (प्रतिनिधि रोशन अधिकारी),  एम. ए. डव्लु इन्टरप्राइजेज प्रा. लि. (प्रतिनिधि विष्णुकुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा मनिषकुमार खेमकालाई चयन गरेको छ । संचालक समितिको कार्यकाल ४ वर्षको वर्षको हुनेछ ।

कम्पनीले ६ अर्ब ५५ करोड निक्षेप संकलन गरी त्यो अवधिमा विभिन्न क्षेत्रमा ६ अर्ब १४ करोड कर्जा लगानी गरी संचालन मुनाफा १८ करोड ०५ लाख र खुद मुनाफा ९ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । फाइनान्सले खराब कर्जा शुन्य ५७ प्रतिशत कायम राख्न सफल भएको छ । कम्पनीले आफ्ना २३ शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सरकारले मुलुकभर भएका ग्रामीण स्वास्थ्य स्वंयसेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ ।

झापा । झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र…

काठमाडौं ।  नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद पारदर्शी  हुने जनाएकाे छ  । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री खरिद पारदर्शी…

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा जीवन गुमाउने ४ जना नेपालीको पहिचान खुलेको छ । न्यूयोर्कमा बसोबास गर्दै आएका अजय छोंचन, थोक्मे…

घटना भएको स्थान राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २ सय किलोमिटर टाढाको रहेको जनाइएको छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको…