मोटरसाइकललाई ठक्कर दिएपछि जलाइयो बस, २ जनाको मृत्यु

प्रमोदकुमार साह
धनुषा । जनकपुरधाममा कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । ढल्केबरबाट जनकपुरधामतर्फ आइरहेको मोडेल मल्टीपल कलेजको ज १ क २८३ नम्बरको वसले ज १० प ३५३५ नम्बरको मोटरसाइकललाई लक्ष्मीनिया र सपहीको बीचमा ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक र त्यसमा सवार दुवै जनाको मृत्यु भएको छ । मोटरसाइकलमा यात्रा गरिरहेका पर्साको क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर ३ पकिडिया बस्ने २१ वर्षीय मोवारक राइन र त्यही ठाउँका १८ वर्षीय सन्तोष ठाकुरको जीवन गुमेको हो ।

उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिएपछि बासिन्दाले बसमा आगजनी गरेका छन् । बस पूर्णरुपमा जलेको छ । घटनापछि बासिन्दाले केही घण्टा सडक समेत अवरुद्ध पारेका थिए । अवरुद्ध सडक प्रहरीले सुचारु पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आम्दानीको स्तर बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम् आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवम्…

मानिसको शरीरको तुलनामा कम्मर ठूलो हुनेलाई हृदयघातको सम्भावना हुने एक तथ्यांकले देखाएको छ । जामाबाट प्राप्त नयाँ अध्ययन अनुसार मानिसको…

बिना श्रेष्ठ ललितपुरको लोभलाग्दो गाउँलुभु… कलासंस्कृतिमा धनी गाउँ पर्यटकीय ठाउँ देशले देख्नुपर्ने जनताले टेक्नुपर्ने गाउँ उर्वर भूमि र उत्पादनको उदाहरण…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ । वृष- यात्राको सुख मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ मिथुन- वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…