‘मुटु भएका सम्पादक छैनन्’

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले सरकारले गरेका राम्रा कामको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सका व्यवसायीसँगको भेटघाटमा प्रधानमन्त्रीले सडकलाई मानवमुक्त बनाएको प्रसङ्ग उल्लेख गर्दै सडकमा अहिले कुनै पनि मानिस बेवारिसे नभेटिने बताउनुभयो ।

‘पहिले पहिले बालबालिका कुकुरसँग लडाई गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो, मान्छेहरु सडकमा लडिरहेका हुन्थ्ये’ उहाँले भन्नुभयो, ‘यो सरकार आएपछि अहिले काठमाडौंका सडकमा बालबालिका छैनन् । उनीहरुलाई राख्ने, बस्ने, पढाउने प्रवन्ध मिलाइएको छ । सडकमा लडिरहेका मान्छेमा झिंगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरु सडकम छैनन् ।’

प्रधानमन्त्रीले यसअघि सडकमा बस्दै आएकाहरुलाई उचितस्थानमा बसोबासको व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो । ‘उनीहरुलाई सडकबाट उठाएर हामीले प्रवन्ध मिलाएका छौँ’ उहाँले भन्नुभयो, ‘नेपाल भिखारीको देश होइन भन्दै आएका छौँ । कोही बेघर हुनु पर्दैन् । ठग बेघरलाई घर पठाई दिने र साँच्चिकैको बेघरको प्रवन्ध सरकारले गर्दै आएको छ ।’

प्रधानमन्त्रीले सरकारबाट भएका यस्तो अनेकौ काम प्रचार नभएको बताउनु भयो । ‘हेर्दा यी साना कुरा लाग्छन् तर सामाजिक रुपमा यसले अर्थ लाग्छ , हामीले काम गरेका छौँ’ उहाँले भन्नुभयो, त्यस्ता कामको प्रशंसामा लेख्ने प्रसारण गर्ने टेलिभिजन छैन् । त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भनेपनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस् विग्रिन्छस् भन्छन्, सकारात्मक कुरापनि गर्न थालिस भन्ने आउँछन् ।’

प्रधानमन्त्री ओलीले आफुले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपमाले लिने गरिएको भएपनि अहिले काम भइरहेको स्मरण गर्नुभयो । ‘मैले जहाजका कुरा गरे, पूर्व पश्चिम रेलका कुरा गरे, उत्तरदक्षिण रेलका कुरा गरे अहिले त्यसको काम लगभग सकिएर निर्माण भइरहेको छ’ उहाँले भन्नुभयो पहिले हामीलाई रोडको समस्या थियो । अहिले कोलकत्ता मात्रै होइन् विसखापट्टनम, मुम्बइ, पूर्व—पश्चिम सबै ठाउँबाट रोड छ । चीनसँग पनि हामीले विभिन्न सम्झौत गरेका छौ । धेरै नाका खुलिसकेका छन् ।’

प्रधानमन्त्रीले छाउगोठ हटाउने कार्यमा पनि तीब्रता दिइएको सुनाउनु भयो । ‘हाम्रो समाज छाउपडी र छाउगोठवाला समाज हो’ उहाँले भन्नुभयो, ‘हामी कहाँ छौँ भन्दा छाउपडीवालाहरुको दुनियाँमा छौँ । तर त्यस किसिमबाट बाहिर आउनुपर्छ । सामाजिक जागरणमा अगाडि बढ्नुपर्छ ।’

प्रधानमन्त्रीले चेम्बरका व्यवसायीलाई लगानीमैत्री वातावरण निर्माणका लागि ऐन कानुनहरुमा संशोधन गर्नुपर्ने भए संशोधन गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकषर्ण…

काठमाडौं । सरकारले नेपाल ट्रस्टको जग्गा जमिन र चल–अचल सम्पत्तिको बारेमा श्वेतपत्र जारी गर्ने भएको छ । यती होल्डिङ्सलाई सस्तोमा…

अनिल तिवारी बारा  । मुलुकमा भूमाफियाले सरकारी जग्गा हडपेको चर्चा पछिल्लो समय चुलिएको छ । ललिता निवासदेखि यती होल्डिङले हडपेका…