ठूलो संख्यामा खुल्यो नेपाल प्रहरीमा जागिर

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले सूचना जारी गर्दै प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त माग गरेको हो ।

महाशाखाले १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको छ । जस अन्तर्गत सञ्चार निर्देशनलाय तर्फ इन्जिनियरिङका लागि समावेशी आधारमा ६११ जनाको माग छ । त्यस्तै सूचना प्रविधि निर्देशनालयका लागि ४३ जनाको माग छ । त्यस्तै भौतिक पूर्वाधार निर्देशनालयका लागि ६३ जना, सवारी महाशाखाका लागि १२६ जना, केनाइल महाशाखा तर्फ ५३ जना, हातहतियार मर्मत शाखाका लागि ६ जना, नेपाल प्रहरी अस्पतालका लागि १९ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि ७ जना र नेपाल प्रहरी संगीत विद्यालयतर्फ १४४ जनाको माग गरेको हो ।

इच्छुकले प्रदेश १ को विराटनगर, २ को जनकपुर, सप्तरी बागमतीको सिन्धुली, गण्डकी प्रदेशको पोखरा, ५ को वुटवल, कर्णाली प्रदेशको सुर्खेत, सुदूर पश्चिमको दिपायल, महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर, ललितपुर र प्रत्येक जिल्लाको जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिनेछ सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले सोमबार नेकपाले स्थायी समिति सदस्य अग्नि साकोटालाई सभामुख उम्मेदवार प्रस्ताव गरेको समाचारलाई प्राथमिकताका साथ…

त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपैयाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपैयाँ छ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । मिथुन– प्रतिस्पर्धामा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका…