‘माघे सङ्कान्ति र माघीले सामाजिक सद्भावमा मद्धत’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघे सङ्कान्ति र माघी पर्वले सामाजिक सद्भाव कायम राख्न मद्धत गर्ने बताउनु भएको छ ।

अध्यक्ष दाहालले थारु, मगरलगायत आदिवासी जनजाति एवं आम नेपालीले मनाउने चाड माघे सङ्कान्तिको अवसरमा बुधबार शुभकामना दिँदै पर्वले सम्पूर्ण नेपालीबीच सामाजिक सद्भाव, र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

‘नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो’ शुभकामनामा भनिएको छ, ‘विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।’

उहाँले यस पर्वले समस्त समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाइ शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको…