सवारी दुर्घटनामा तीनको मृत्यु

फाइल तस्बिर

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । धादिङ र धनुषामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

धादिङको धुनिवेशी नगरपालिका–६ जामुनेमा मंगलबार साँझ बा.३ क ११०३ नम्बरको आईचर गाडीको ठक्करबाट मकवानपुर थाहा नगरपालिका–११ बस्ने रवि तामाङका ३ वर्षीय छोरा कुनाल तामाङको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी धनुषाको लक्ष्मिनिया गाउँपालिका–६ ढल्केबरमा ज.१ क २८३ नम्बरको बसले ज.१० प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार साँझ मोटरसाइकल सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने १८ वर्षीय सन्तोष ठाकुर र मोटरसाइकलमा सवार १९ वर्षीय मोबारक राईन रहेका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको…