मेगा बैंकद्वारा उदयपुरमा न्यानो कपडा वितरण

उदयपुर । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

बेलकाको सरस्वती आधारभुत विद्यालय एबीसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो वितरण गर्नुभयो । चिसोका कारण विद्यार्थीहरु विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैंकले जनाएको छ ।

गत साता मात्रै मेगा बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका १ सय ५० भन्दा बढी घरधुरीका लगभग २ सय बालबालिकालाई ब्ल्यांकेट वितरण गरेको थियो ।

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाहरुको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उपत्यका भन्दा बाहिरबाट आएर होटलमा बसेका सबै खेलाडी बिहीबार घर फर्किएका छन् ।

बुक बिल्डिङ्ग विधि लागू भएसँगै नेपालमा तीनवटा विधिमार्फत सार्वजनिक निष्काशन हुने भएको छ ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…