गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।
१.विविध कार्यक्रम गरी पाँचौं राष्ट्रिय योग दिवस मनाइयो ।२.योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ ।३.यो गौरवपूर्ण धरोहरुलाई विद्यालय शिक्षसँगै जोडेर जीवनको अभिन्न अंग बनाउनुपर्नेमा मन्त्री ज्ञवालीको जोड ।४.योगको माध्यमबाट मान्छेमा सकारात्मक भावनाको विकास हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको भनाइ ।५.योगको माध्यमबाट सकारात्मक भावनाको विकास गर्न सकिए आत्महत्या जस्ता घटनाहरु न्यूनिकरण गर्न सकिने मन्त्री ढकालको विश्वास ।६.योगलाई औषधि र उपचारको अर्थमा मात्रै नभएर जीवन पद्धतिको रुपमा बुझ्नुपर्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको जोड ।७.योग र साधनाको माध्यमबाट विश्वलाई एकतावद्ध गर्न सकिने स्वामी आनन्द अरुणको भनाइ ।८.नदीघाट दोभान तथा त्रिवेणीहरुमा स्नान दान र पूजाआजा गरी माघे सङ्क्रान्ति मनाइयो ।९.थारु समुदायहरुद्वारा थारु राष्ट्रिय माघी महोत्सवको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना ।१०.थारु कल्याणकारिणी सभा उपत्यकाले आयोजना गरेको महोत्सवमा थारु हस्तकलाको साथै विभिन्न परिकारका खाना र पहिरनको प्रदर्शनी ।११.महोत्सव अघि टुँडिखेलमा थारु पहिचान झल्कने नाचहरुको समेत प्रदर्शन ।१२.विक्रम सम्वत २०६९ सालदेखि माघि पर्व मनाउदै आए पनि सरकारले विदा कटौती गरेकोमा थारु कल्याणकारी सभाको गुनासो ।१३.मागर समुदायले भने माघी पर्वलाई मनाए नयाँ वर्षको रुपमा ।१४.मगर समुदायमा आफ्ना छोरी चेलीको पूजा गरी आशीर्वाद तथा दक्षिणा दिने चाडका रुपमा समेत माघे संक्रान्ति मनाउने प्रचलन ।१५.विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने मगर समुदायले काठमाडौंको टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको आयोजना ।१६.कार्यक्रममा मगर समुदायको मौलिक नृत्य हुर्रा, कौरा, मारुनी, भ्याउरे, टम्पा र सालैज्यू लगायतका नाचहरु र झाँकी प्रस्तुत ।१७.माघे संक्रान्तिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुभकामना व्यक्त ।१८.विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडले सबै नेपालीमा राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना ।१९.विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका यस्ता पर्वले नेपाललाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख ।२०.प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पनि माघे संक्रान्तिको अवसरमा शुभ कामना व्यक्त ।२१.नेपालका पर्वहरुलाई सरकारले संरक्षण गर्दै आएको बताउँदै प्रधानमन्त्रीद्वारा सुदृढ एकता र सहिष्णुताको पूँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड ।२२.धर्मशास्त्रमा समेत पवित्र देवभूमिको रुपमा वर्णन गरिएको चितवन, तनहूँ र नवलपुरको संगमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला सुरु ।२३.कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वास ।२४.माघे सङ्क्रान्तिको दिनदेखि कुम्भ स्नान समेत सुरु हुने भएकाले देवघाटधाममा स्नानका लागि तीर्थालुहरुको घुइँचो ।२५.स्थानीय प्रशासन, सरकारी निकाय, विभिन्न संघसंस्थाको पहलमा देवघाट जाने बाटो निर्माणदेखि सुरक्षा व्यवस्था मजबुद ।२६.माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङका विभिन्न स्थानमा ६५ हल गोरु जुधाइएयो ।२७.तारुकामा २१, वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका पिपलडाँडामा आठ हल गोरु जुधाइँएको आयोजकद्वारा जानकारी ।२८.नुवाकोटकै कट्टीछापमा तीन, तादी सातबिसेमा दश, शिवपुरी गैरीफाँटमा पाँच हल गोरु जुधाइएयो ।२९.धादिङको निलकण्ठ नगरपालिकाको फ्याक्सेमा सात हल गोरु जुधाइएको आयोजक चमेरे गुफा संरक्षण समाजद्वारा जानकारी ।३०.शिक्षा ऐन साविकको उच्च माविमा अध्यापनरत शिक्षकहरुलाई सम्बोधन गर्ने गरी ल्याउन माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को माग ।३१.साविकको उच्च माविका शिक्षक र शिक्षाको भविष्य एनेमाथि नै निर्भर रहेको हिस्टुनको जिकिर ।३२.आयोगले नियुक्तीका लागि सिफारिस नगरेका शिक्षकलाई स्थायी पदपूर्ति नभएसम्मका लागिसुविधा दिनुपर्ने युननियनको माग ।३३.संस्थागत साविकको उच्च मावि तहमा कार्यरत शिक्षकहरुलाई सामाविक सुरक्षा कोषमा आवद्ध गरी पेशागत सुनिश्चितताको ग्यारेण्टी गर्न पनि हिस्टुनको आग्रह ।३४.संवैधानिक प्रावधानका कारण उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था आएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई ।३५.संवैधानिक प्रावधान अनुसार उपसभामुखले राजीनामा नदिएसम्म नेकपाले समाभुख पद नै गुमाउने स्थिति सिर्जना भएको तर्क ।३६.उपसभामुखले राजीनामा नदिनु लोकतान्त्रिक मान्यता विपरित भएको प्रवक्ता श्रेष्ठको टिप्पणी ।३७.पार्टीको निर्देशन नमान्नु असंवैधानिक भएको बताउँदै प्रवक्ता श्रेष्ठले राजीनामा दिएर सभामुखका लागि बाटो खुला गर्न तुम्वाहाम्फेलाई आग्रह ।३८.रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ पन्थलीमा निर्माणाधीन सिचाइँ कुलो गुणस्तरहीन भएको खुलासा ।३९.१ हजार १ सय रोपनी खेतीयोग्य जमिन सिचाइँ गर्न निर्माण भइरहेको तामाकोशी सिचाइँ कुलोमा निर्माण व्यवसायीले लापरवाही गरेको स्थानीयको आरोप ।४०.कुलो प्राविधिक स्टिमेट विपरीत निर्माण भइरहेको उपभोक्ताहरुको गुनासो ।४१.स्टिमेट माग्दा प्राविधिकलाई कामबाट हटाइएपछि दुई महिनादेखि प्राविधिक स्टिमेटबिना भइरहेको छ काम ।४२.प्राविधिक स्टिमेट अनुसार १ बोरा सिमेन्टमा ४ बोरा बालुबा मिलाउनुपर्नेमा १ बोरा सिमेन्टमा ८ बोरा बालुबा मिसाइयो ।४३.ठाडो १० एमएमको रड र तेर्सो ८ एमएमको ३ वटा रड राख्नुपर्नेमा ६ एमएमको रड राखेर कुलो निर्माणमा झारो टार्ने काम भएको स्थानीयको आरोप ।४४.सुदूरपश्चिम र मध्यपश्चिममा छाउगोठ भत्काउने अभियान चलिरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि छाउगोठ भत्काउन सुरु ।४५.भीमदत्त नगरपालिकाको वडा नम्वर ३ र ७ मा रहेका १२ वटा छाउगोठ भत्काइयो ।४६.घरमा छाउगोठ भएपछि आफूले बाध्यतामा परेर छाउगोठमै सुत्नुपर्ने अवस्था हुने गरेको भन्दै छाउगोठ भत्काएकोमा स्थानीय महिला खुसी ।४७.वडा कार्यालय र वडा प्रहरी कार्यालयको समन्वयमा कञ्चनपुरको उत्तरी क्षेत्रमा पर्ने २ वडामा रहेका १२ छाउगोठ भत्काइयो ।४८.भत्काइएको गोठलाई पुर्ननिर्माण गरेमा वडा कार्यालयबाट प्राप्त हुने सम्पुर्ण सुविधालाई समेत कटौती गर्ने भिमदत्त नगरपालिका वडा नम्बर ३ को चेतावनी ।४९.छाउगोठ भत्काउने अभियानलाई स्थानीय तहले समेत लिएको छ चाँसोका रुपमा ।५०.विश्व बैंकद्धारा नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि थप २० करोड डलर सहयोग गर्ने ।५१.आवास परियोजनाका लागि विश्व बैंकले थप २० करोड डलर सहयोग गर्ने प्रस्ताव विश्व बैंकको मुख्यालयद्धारा स्वीकृत ।५२.सहयोग रकम भूकम्पबाट प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० आवास पुनर्निर्माणका लागि खर्चिने बैंकको भनाई ।५३.भूकम्पबाट प्रभावित कोही पनि नेपाली पुनर्निर्माणबाट वञ्चित हुन नपरोस् भनेर विश्व बैंकले थप सहयोग गर्न लागेको बैंकद्धारा जानकारी ।५४.नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यापार घटेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको भनाइ ।५५.व्यवसायीहरुद्वारा अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर व्यवसायमा परेको समस्याबारे जानकारी ।५६.सरकारी नीतिका कारण अटोमोबाइल बजार सिथिल भएको नाडा एशोसिएशन अफ नेपालको भनाइ ।५७.बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय घटेको जानकारी गराएको एशोसियनका अध्यक्ष कृष्णप्रसाद दुलालद्वारा जानकारी ।५८.अर्थमन्त्री खतिवडाले आफुहरुलाई दुई चार दिन मै केही समस्याको समाधान गर्ने आश्वासन दिनुभएको दुलालको भनाइ ।५९.सरकारद्धारा विभिन्न ३२ स्थानीय तहलाई औद्योगिक ग्राम स्थापनाका लागि बजेट हस्तान्तरण ।६०.३२ स्थानीय तहका पदाधिकारसँग सम्झौता गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा २९ करोड ४४ लाख रुपैयाँ हस्तान्तरण ।६१.मन्त्रालयका अनुसार तोकिएका प्रत्येक स्थानीय तहलाई औद्योगिक ग्राम निर्माण गर्नका लागि ९२÷९२ लाख रुपैयाँ बजेट गराइएको हो उपलब्ध ।६२.औद्योगिक ग्राम निर्माण गरेर गाउँघरमा छरिएर रहेका सीपलाई एकीकृत गर्दै समृद्धिको बटोमा अगाडि बढिने मन्त्रालयको भनाई ।६३.नेपाली बजारमा सुनको मूल्य अझै अस्थिर ।६४.बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार ।६५.तेजावी सुन प्रतितोला ७४ हजार ४ सय रुपैयाँमा कारा्ेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।६६.चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला आठ सय पचासी रुपैयाँमा कारोबार ।६७.निजी क्षेत्रको वायुसेवा प्रदायक श्री एयरलाइन्सद्धारा आजदेखि काठमाडौं–जनकपुर नयाँ रुटमा उडान सुरु ।६८.बम्बार्डियरको क्वू ४०० जहाजबाट नियमित उडान गर्ने एयरलाइन्सको भनाई ।६९.यसअघि यो रुटमा बुद्ध र यति एयरलायन्सले मात्र गर्दै आएका थिए उडान ।७०.नयाँ एयरलाइन्स थपिएपछि भाडा अझ प्रतिस्पर्धी हुने विश्वास ।७१.८० सिट क्षमताको जहाजबाट एयरलाइन्सले जनकपुरसँगै सिमरा र पोखरा पनि उडान सुरु गर्ने तयारी ।७२.बुधबार नेप्से सूचक २०दशमलव ८,५ अंकले बढेर १२ सय ८४ दशमलव .२३ विन्दुमा ।७३.सेन्सेटिभ सूचक ४ दशमलव ६८ अंकले बढेर २ सय ७८. दशमलव ९७ विन्दुमा ।७४.१७७ वटा कम्पनीको ३० लाख ५५ हजार २३३ कित्ता शेयर ९० करोड ४८ लाख रुपैयाँमा खरिद बिक्री ।७५.बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये ७ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ।७६.दुर्घटना न्युनिकरण गर्न चालकको मुख्य भूमिका रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र बागमती टिपर व्यवसायी संघले गराए टिपर चालकलाई शपथ ।७७.जिल्ला टिपर संघ काभ्रेले विगतका धेरै घटना टिपरबाट भएको भन्दै टिपर चालकहरुलाई ट्राफिक नियम पालनसँंगै सुरक्षित रुपमा सवारी चलाउन गराएका हुन शपथ ।७८.चालकहरुलाई मादक पदार्थ सेवन गरी गाडी नचलाउने, सिसामा स्टिकर नटाँस्नेलगायतका विषयमा गराईयो सचेत ।७९.शपथ अभियानले दुर्घटना न्युनिकरण गर्ने अपेक्षा ।८०.टिपर चालकलाई दिइएको तालिम र शपथले चालक पनि खुसी ।८१.रामेछापको मन्थली नगरपालिका वडा नम्बर १३ चौहानटारका कृषकहरु बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्दै ।८२.परम्परागत कृषि पेशा छोडेर व्यवसायिक बाख्रापालन तथा तरकारी खेतीमा लाग्नुभएका कृषक अधिकारीले राम्रो आम्दानी गर्न सफल ।८३.परम्परागत खेती गर्दा वार्षिक ५० हजार रुपैयाँ आम्दानी हुने जग्गामा व्यवसायिक बाख्रापालन र तरकारी खेती लगाएपछि अधिकारी परिवार सन्तुष्ट ।८४.तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ दासढुङ्गामा प्रहरीको ट्रक दुर्घटना ।८५.एक जनाको मृत्यु, मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी, अन्य १५ प्रहरी घाइते ।८६.त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयद्धारा तीन किलो चरेससहित १ जना पक्राउ ।८७.पक्राउ पर्नेमा इलाम मासेवुङ गाउँपालिका–१ का दिलेन्द्र योङहाङ ।८८.योङहाङलाई थाइ यएरलाइन्सको उडानबाट बैंकक जान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीद्वारा जानकारी ।८९.चितवनमा साइकललाई ठक्कर दिँदा अनियन्त्रित भएर बस पल्टिदा बसमा सवार १७ यात्रु घाइते ।९०.चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट धादिङ सेराङ गाउँपालिका १ बस्ने २१ वर्षीय देवराज लामा अवैध लागूऔषध गाँजासहित पक्राउ ।९१.२ सय ५३ ग्राम गाँजा र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ग्राम सहित पक्राउ गरिएको प्रहरीद्वारा जानकारी ।९२.महानगरीय प्रहरी प्रभाग नागढुङ्गाद्धारा भन्सार छलेर काठमाडौं भित्र्याउँदै गरेको ३५ लाख मूल्य बराबरका मोबाइल सेट बरामद ।९३.प्रहरी निरीक्षक हेमन्त थापाको नेतृत्वमा खटिएको टोलीले नागढुंगा चेक प्वाइन्टमा बस जाँच गर्ने क्रममा उक्त परिमाणका मोबाइल गरेको हो बरामद ।९४.स्पेनको क्याटालोनियामा रहेको रसायन प्लान्टमा बिस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु८ जना घाइते ।९५.चीनले वास्तविकताको सामना गर्न तथा ताइवानप्रति सम्मान दर्शाउन आवश्यक रहेको ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनको भनाई ।९६.बेइजिङबाट बढ्दो खतरामाथि केन्द्रित चुनावी अभियानपछि गत शनिबार राष्ट्रपतिमा निर्वाचित भएपछि वुनको धारणा सार्वजनिक ।९७.चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आएको वुनको भनाइ ।९८.राष्ट्रपति वुनले ताइवानको सार्वभौमसत्ताबारे कुनै शंका अथवा त्यसबारे वार्ता गर्नुपर्ने आवश्यकता नरहेको पनि स्पस्ट ।९९.अमेरिकाको लस एन्जलसमा एक विमान आपतकालीन अवतरण ।१००.आकस्मिक अवतरणका क्रममा विमानले स्थानीय विद्यालयको खेल मैदानमा खसालेको इन्धनका कारण १७ बालबालिका तथा अन्य केहीमा छाला तथा स्वासप्रस्वास सम्बन्धी देखियो समस्या ।