मानसिक सन्तुलन ठिक नभएकी महिलाले जन्माइन छोरी

अनिल यादव
नवलपरासी । पश्चिम नवलपरासीमा मानसिक सुन्तुलन गुमाएकी एक महिलाले वेवारीसे अवस्थामा बच्चा जन्माएकी छन् । मंगलबार राति करिब १२ बजेको समयमा सबैले जानकी भनेर बोलाउने मानसिक सन्तुलन ठिक नभएकी ती महिलाले छाेरी जनमाएकी हुन् ।

मंगलबार साँझबाट नै व्यथाले च्यापेर कराइरहेकी जानकीलाई स्थानीय महिलाले बच्चा जन्माउन सहज वातावरण बनाइदिएका थिए । एक वर्षदेखि उनी प्रतापपुर गाँउपालिकाको सूर्यपुरा, बैदौली, झुल्नीपुर र सिमापारीलगायतका क्षेत्रमा घुम्दै आएकी थिइन ।

खाना खान नपाएर भोकले भौतारिरहेको समयमा स्थानीयले उनलाई खानासमेत दिने गरेको स्थानीयले बताएका छन् । जानकीले बच्चा जन्माएपछि गाउँले छक्क परेका छन् ।

बच्चा र आमा दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जिल्लाको सदरमुकाममा रहेको पृथ्वीचन्द्र अस्पतालभित्रको ओसिएमसीमा राख्ने व्यवस्था गरीएको बताइएको छ । जानकीको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…

मेष– भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ । वृष– पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च…