काठमाडाैंमा माघी पर्वकाे राैनक (१२ तस्बिरसहित)

काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गर्ने थारु समुदायले काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाएका छन् ।

थारु समुदायले बुधबार ‘माघी महोत्सव’को आयोजना गरी धुमधामका साथ माघी मनाएका हुन् । यो समु्दायमा पनि माघी पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउने गरिन्छ ।

महोत्सवमा थारु समुदायले आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएर विभिन्न नाचगान सहित रमाइलो गरी मनाएका छन् । महोत्सवमा थारु संस्कृति झल्कने घाटो, सामा चकेवा, झम्टा, थारु लगायतका नाचको प्रदर्शनी गरेका थिए ।

महोत्सवमा थारु जातिका विभिन्न खानाका परिकार राखिएको थियो ।

माघीमा विशेषगरी खिचडी, अन्दीको रोटी, चामलको पिठोबाट बनाइएको ढिक्री, मेवाको अचार, सुँगुरको मासु, घुँघी लगायतका परिकारहरु खाने प्रचलन छ ।

त्यस्तै महोत्सवमा थारु समुदायले देशभर एक अर्काबीच शुभकामना आदानप्रदान र मिष्ठान्न भोजन गरी रमाइलो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तोलामा सात सय रुपैयाँले बढेर सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ…