‘चार वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुन्छ’

भैरहवा । कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुषालले अबको चार वर्षभित्र नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गर्नुभएको छ । रुपन्देहीमा बुधबारदेखि सञ्चालन भैरहेको मत्स्य कृषि तथा माघी महोत्सवको उद्घाटन गर्दै मन्त्री भुषालले माछामा एक वर्षभित्र र अन्य बालीमा चार वर्षभित्र आत्मनिर्भर बनाउने उद्घोष गर्नुभएको हो ।

परम्परागत कृषि प्रणालीलाई त्यागेर आधुनिक तरिकाले खेती गरे आत्मनिर्भर हुन सकस छैन् नभएको उहाँले उल्लेख गर्नुभएको छ। कृषिमा आधुनिकरण, कृषि औजारको प्रयोग, किसानलाई प्राविधिक ज्ञान, खेती योग्य जमिनको संरक्षण हुने गरी कार्यक्रम तयार पार्न लागेको मन्त्री भुषालले जानकारी दिनुभयो ।

कृषि प्रधान देश भएपनि कृषिमा परनिर्भरता भएको, हरेक वर्ष कृषि जन्य वस्तुको आयात बढ्दो रहेको र खान लाउनकै लागि युवा पुस्ता विदेश जानुवर्ने बाध्यता रहेकोले यसका लागि कृषि क्रान्ति अपरिहार्य भएको मन्त्री भुषाको भनाइ छ । माघीले सबैजनालाई एकतामा बाँधी सम्पन्न नेपाल बनाउन उत्प्रेरित गर्ने भन्दै मन्त्री भुषालले सबैलाई माघे संक्रान्तीको शुभकामना समेत दिनुभयो ।

माघ एक देखि शुरु भएको महोत्सव पाँच गतेसम्म चल्ने छ । मेलामा थारु, मगर, कृषि तथा पशु सम्बन्धी विभिन्न झाँकीहरु निकालिएको थियो । मेलामा माछा, कृषि, पशु लगायतका परिकार राखिएको छ । कृषि यन्त्रको पर्दशनी, माछा, पशुपालन सम्बन्धी जानकारी समेत मेलामा दिइने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…

मेष– भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ । वृष– पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च…