अख्तियारद्वारा राजपाका २ केन्द्रीय नेतासहित ६ जनालाई भ्रष्टाचारकाे मुद्दा दायर

विद्यानन्द राम

सप्तरी । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगद्वारा राजपाका केन्द्रीय दुई नेतालाई भ्रष्टाचारकाे मुद्दा दायर गरेकाे छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य हरिनारायण मण्डल तथा पूर्व सांसद विपी यादव (विश्वनाथ प्रसाद यादव) सहित ६ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार भ्रष्टाचारको मुद्दा दायर गरेको हाे ।

सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्वर २ र ३ मा पर्ने सडक ग्राभेलको रकम निकासा गर्न किर्ते उपभोक्ता समिति बनाई भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप लगाइएकाे छ । मण्डल र यादवसँगै पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख (सनियर डिभिजनल इन्जिनियर) राजकुमार गोइत, सोही कार्यालयका नायव सुब्बा भागवत यादव, विरेन्द्रकुमार मण्डल, कृष्णकुमार यादवमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिको कसुरको उद्योग भएकोले दफा २१ मा उल्लेख भएबमोजिम उनीहरु माथि २५ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ ।

काठमाडौं । नेपाल प्रेस यूनियनले पत्रकार बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । यूनियनले बुधबार शोक विज्ञप्ति…

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले…

फाइल तस्बिर मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका…

काठमाडौं ।  लकडाउनसँगै जिल्ला प्रशासनले उपलब्ध गराउँदै आएको सवारी पास आज (बिहीबार)देखि बन्द भएको छ । मुलुकमा पछिल्लो समय कोरोना…

मेष– भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ । वृष– पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च…