बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालकाे घरमा बम बिस्फोट

काठमाडौ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शाेभाकान्त ढकालकाे घरमा बम बिस्फोट भएको छ ।
ढकालकाे काठमाडौकाे नागार्जुन नगरपालिका वडा नम्बर १ नर्सरी चाेकस्थित घरमा बुधबार साँझ बम बिस्फोट भएको हाे ।
काठमाडौ प्रहरी प्रवक्ता हाेबिन्द्र बाेगटीले बम बिस्फाेट भएको पुष्टि गर्नुभएको छ ।
बम बिस्फोटबाट घरकाे झ्यालकाे सिसा फुटेकाे छ । पार्किङ राखिएको गाडीमा समेत क्षति भएको छ ।
बम बिस्फोटकाे बेला ढकालका परिवार घरमै भए पनि मानवीय क्षति भने नभएको प्रहरी प्रवक्ता बाेगटीले जानकारी दिनुभएको छ ।
नेत्रविक्रम चन्द विप्लव समूहले बम बिस्फोटकाे जिम्मा लिएको छ । विप्लव समूहले वक्तव्य निकालेर ललिता निवासकाे जग्गा अाफ्नाे कब्जामा रहेको दाबीी समेत गरेको छ । तर जग्गामा उनीहरूकाे गतिविधि भने देखिएकाे छैन ।