सस्तो खुवाउने होडबाजीले अब सित्तैमा खाना

सुनसरी । सस्तोमा खाना खुवाउने होडबाजीमा अब सित्तैमा खान खुवाइने भएको छ । इनरुवा नगरबासीको संयुक्त आयोजनामा इनरुवा–४ बसचोकमा निशुल्क खान खुवाउने अभियान शुरु भएको हो ।

अभियानका लागि सत्य यादवको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । निशुल्क प्राप्त हुने खानामा दाल, भात, अचार, पापड खान पाउनुका साथै  पानी पनि पाउने आयोजकले जनाएको छ । गरिब, असहाय, विपन्न र सडकमा भौँतारिएर दिन बिताउनेहरुलाई लक्षित गरी निःशुल्क खानपिनको अभियान शुरु गरिएको बताइएको छ ।

केही समयदेखि प्रदेश १ मा सस्तोमा खाना खुवाउने लहर नै चल्दै आएको छ । केही दिन अघिबाट विराटनगरमा पनि १० रुपैयाँमा पेटभरी खाना खुवाउन शुरु गरिएको थियो । त्यसैगरी दमकमा पनि मासुभात १० रुपैयाँमा र सादा खाना ५ रुपैयाँमा खुवाउन शुरु भएको छ । भद्रपुर र विर्तामोडमासमेत सस्तो खाना खुवाउने अभियान शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…