४५ सिट क्षमताका विद्युतीय बस ल्याउने तयारी

काठमाडाैं । निजी क्षेत्रको हिमालय मोट्रोक्स कम्पनीले विद्युतीय बस नेपालमा ल्याउने भएको छ ।

पत्रकार सम्मेलन गरी कम्पनीले १५ देखि ४५ सिट क्षमताका विद्युतीय बस ल्याउन लागेको जानकारी दिएको छ ।

बढ्दो वायुप्रदूषण नियन्त्रण गर्न विश्वले कदम चालिरहेका बेला विद्युतीय बस वातावरण अनुकूल हुने कम्पनीका प्रबन्ध निर्देशक ध्रुव थापाले बताउनुभएको छ । बस सामान्यतहः ४ देखि ८ घण्टासम्ममा पूर्णरुपमा चार्ज भइसक्नेछ । बसले एकपटकको चार्जमा १ हजार किलोमिटरसम्मको रेन्ज दिने बताउँदै हिमालय मोट्रोक्सका प्रबन्धक सौरभ थापाले नेपालको सडकमा पनि ८ सय किलोमीटरभन्दा बढी रेन्ज दिने दाबी गर्नुभएको छ ।

अस्ट्रेलियाको ब्रिग्सन टेक्नोलोजीले उत्पादन गरेको उक्त विद्युतीय बस हिमालय अर्गनाइजेशनको हिमालय मोट्रोक्स कम्पनीले नेपाल ल्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…