Logo आश्विन ५, २०७७ सोमबार


तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौं । तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म चलचित्र महोत्सव हुने जानकारी गराइएको हो ।

नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पर्याउने उद्देश्यसहित हुने महोत्वसमा ८० चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्र प्रदर्शन हुने भएका छन् । विभिन्न ५५ देशका ६ सय भन्दाबढी चलचित्रबाट उत्कृष्ठ ८० वटा चलचित्र महोत्वका लागि छनोट भएका छन् । एनिमेसन र वृत्तचित्रको विधा यो वर्षबाट थप गरिएको हो ।

विश्वका कथाहरुको कथ्य उत्सव नारासहित शुरु हुन लागेको महोत्वमा कथानक चलचित्र, वृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट कथानक चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम वुद्ध अवार्ड प्रदान गरिनेछ ।

त्यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सवोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । नेपाली उत्कृष्ट चलचित्रलाई १ लाख रुपैयाँ पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ ।

कथानक चलचित्रको मुल्याङ्कनका लागि बलिउड फिल्म निर्देशक प्रकाश झाको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ । वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रको मुल्याङ्कनका लागि श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

बालुवाका तस्करहरुले खोलाबाट बालुवा निकाल्नका लागि यी मजदुरहरुलाई प्रयोग गर्ने गर्छन् ।

पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

अस्पतालमा जोखिम भत्ताका लागि पठाएको रकम व्यवस्थापनमा, स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरेको पाइएको बताउनुभयो ।

खेलाडीले दिलाएको सोही सफलताका आधारमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य हुनुभयो ।