Logo असार १, २०७८ मंगलबार


‘संसदको गतिरोधमा उपसभामुख प्रमुख कारक’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता गजुरेलले संसदको गतिरोध हटाउन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

उहाँले उपसभामखले राजीनामा नदिएसम्म नेकपाले उम्मेदवारी दिन नपाउने भएकाले देश र जनतालाई निकास दिन पनि राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले राजीनामा नदिने हो भने पार्टीले गम्भीर छलफल गर्ने समेत उल्लेख गर्नुभयो । गजुरेलले पार्टीमा सभामुख को हुने भन्ने बहसको विषय भएको र पुरानो सहमति अनुसार नै चयन हुने जानकारी गराउनुभयो । उपसभामुखले राजीनामा नदिँदासम्म बहस गर्नुको कुनै अर्थ नहुने समेत नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…