Logo असार १, २०७८ मंगलबार


युएईमा नेपालीसहित २४ कामदार सवार गाडी दुर्घटना, ६ जनाको मृत्यु (भिडियोसहित)

काठमाडौं । युएईमा नेपाली कामदारसहित २४ जना सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दुर्घटना भएको र त्यसमा केही नेपाली कामदार समेत परेको पुष्टि गर्नुभएको छ ।

‘दुर्घटनामा केही नेपाली कामदार परेका छन्’ उहाँले जनता समाचारसँग भन्नुभयो, तर उनीहरुको पहिचान भने भइसकेको छैन ।’

प्रवक्ता पौडेलका अनुसार नेपाली, श्रीलंका र अफ्रिकी कामदार बोकेको गाडी दुर्घटना भएको हो । गाडीमा सवार सबै सरसफाइ सम्बन्धी काम गर्ने एमबीएम कम्पनीका महिला कामदार हुन् ।

गाडीमा सवार २४ मध्ये १८ जना नेपाली कामदार थिए । दुर्घटनामा नेपाली कामदार समेत परेको हुन सक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

दुर्घटना लगत्तै राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल , श्रम काउन्सुलर भेषबहादुर कार्कीसहित दूतावासका प्रतिनिधि अस्पताल पुगेर मृतक तथा घाइतेको अवस्था बुझुनु भएको छ ।

घाइतेमध्ये ५ जना नेपालीको आबुधाबी खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार दूतावास स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…