विश्व कीर्तिमानी विद्युतीय बस नेपालमा ल्याउँदै

काठमाडौं । नेपालमा विश्व कीर्तिमानी विद्युतीय बस ल्याइने भएको छ । बढ्दो वायुप्रदूषण नियन्त्रण गर्न विश्वले कदम चालिरहेका बेला हिमालय मोट्रोक्स कम्पनीले विद्युतीय बस नेपालमा ल्याउन लागेको हो।

गिनिज बुक अफ वल्ड रेकर्डमा नाम राख्न सफल अस्ट्रेलियन उत्पादन ब्रिग्सन विद्युतीय ल्याृउन लागिएको हो । विद्युतीय बस एकपटक चार्ज गरेपछि १ हजार १८ किलोमिटर गुड्नेछ । अस्ट्रेलियाको ब्रिग्सन टेक्नोलोजीले उत्पादन गरेको विद्युतीय बस हिमालय अर्गनाइजेशनको हिमालय मोट्रोक्स कम्पनीले नेपाल ल्याउन लागेको हो ।

हिमालय मोट्रोक्सले बुधवार पत्रकार सम्मेलन गरी ब्रिग्सनको नेपालका लागि आधिकारिक डिलरशिप लिएको जानकारी गराएका छन् । आउँदो २ महिनाभित्रमा बस नेपाल ल्याउने जानकारी दिएको छ । बस सामान्यया ४ देखि ८ घण्टासम्ममा पूर्णरुपमा चार्ज भइसक्छ। बसले एकपटकको चार्जमा १ हजार किलोमिटर रेन्ज दिने बताउँदै हिमालय मोट्रोक्सका प्रबन्धक सौरभ थापाले नेपालको सडकमा पनि ८ सय किलोमीटरभन्दा बढी रेन्ज दिने दाबी गर्नुभयो । जुन सामान्य अन्य विद्युतीय बसको भन्दा दोब्बर हो । वायु प्रदूषण न्यूनीकरण गर्न मात्र नभएर विद्युतीय बस सेवा सस्तो, सुलभ र भरपर्दो हुने समेत थापाले जानकारी दिनुभयो।

विद्युतीय बस वातावरण अनुकूल हुने कम्पनीका प्रबन्ध निर्देशक ध्रुव थापाले बताउनु भयो । बसमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । सामान्यतया ब्याट्रीको आयु ८ देखि १० वर्ष हुन्छ । तर यसको आयु भने ४० वर्षसम्म हुनेछ । बसमा २० वर्ष कम्पनीले ग्यारेन्टी दिने उहाँले आश्वस्त पार्नुभयो । ‘विद्युतीय बसको ब्याट्री खतरनाक हुने भएकोले यसलाई व्यवस्थित गर्न ब्याट्री पुनः ब्याट्री बनाउन कम्पनीले प्रयोग गर्नेछ ’ उहाँले भन्नुभयो ।

अहिले साइप्रस, चीन, कोरियामा उत्पादन हुने यो बस २ महिनामै भारतमा बन्ने र त्यहीँबाट नेपाल ल्याउने तयारी कम्पनीको छ । ब्रिग्सनले २०१५ देखि विद्युतीय बस उत्पादन शुरू गरेकोमा २०१६ देखि व्यावसायिक शुरुआत गरेको थियो । कम्पनीले बसको मूल्य भने तोकिसकेको छैन । २०२५ सम्ममा नेपालमै बस एसेम्बल गर्ने योजना रहेको भारतका लागि ब्रिग्सनका सिनियर एजेन्ट फिरोज खानले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…