बिहीबारका सय समाचार

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (बिहीबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।

१.संयुक्त अरव इमिरेट्स युएईको राजधानी आबुधाबीमा कामदार बोकेको गाडी दुर्घटना हुदाँ पाँच नेपालीको मृत्यु ।

२.२४ जना कामदार बोकेको गाडी कार्यस्थलतर्फ गइरहेका अवस्थामा दुर्घटनामा परेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलद्धारा जानकारी ।

३.बसमा १८ जना नेपाली कामदार र अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको दुताबासद्धारा जानकारी ।

४.नेता भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की दिएको कुरा गलत भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको भनाइ ।

५.बालुवाटारबाट नेता रावललाई ज्यान मार्ने धम्की दिएको कुरा सत्य नभएको प्रष्टोक्ति ।

६.प्रधानमन्त्री केपी शर्मा ओलीको बहस गर्न रुचाउने कुरा कसैलाई मनपर्नु नपर्नु छुट्टै भएपनि ज्यान मार्ने धम्कीको कुनै सत्यता नभएको स्पष्ट ।

७.ललिता निवासको जग्गा कब्जा गर्ने विप्लव नेकपाको धम्की चर्चामा आउनका लागि मात्रै भएको मन्त्री बास्कोटाको भनाइ ।

८.जनताको सम्पत्तिमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै मन्त्री बास्कोटाले विप्लव समूहका त्यस्ता गतिविधिहरु प्रति सहनशिल बन्न नसकिने प्रष्टोक्ति ।

९.विकास निर्माणका क्रममा थोरै विनास हुने भएपनि त्यसको रोकथामका लागि खबरदारी गर्न सञ्चारकर्मीहरुलाई आग्रह ।

१०.बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई २१ दिनभित्र हाजिर हुन आउन काठमाडौं जिल्ला अदालतद्वारा पूर्जी जारी । ्

११.चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंले आफ्नो मानहानी गरेको भन्दै दायर गरेको मुद्दामा लिखित जवाफसहित हाजिर हुन आउन अदालतको पूर्जी ।

१२.आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन डा. गिरीले २० करोड रुपैयाँ घुस मागेको भन्दै प्रसाईंले पत्रकार सम्मेलन गरेर लगाउनुभएको थियो आरोप ।

१३.प्रसाईंको आरोपका कारण आफ्नो गाली बेइज्जती र मानमर्दन भएको भन्दै डा. गिरीले उजुरी दिएपछि अदालतद्वारा प्रसाईंलाई लिखित जवाफ लिएर आउन आदेश ।

१४.देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो ।

१५.दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना ।

१६.विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्न सकिने गृहमन्त्री रामबहादुर थापाको भनाइ ।

१७.सुरक्षीत पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सके मात्र दिगो सुख र समृद्धिको आधार निर्माण हुने जिकिर ।

१८.सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भनाइ ।

१९.कमजोर पूर्वाधारका कारण कुनै पनि मानविय क्षति नहोस् भन्नका लागि पूर्वाधारण निर्माणमा विशेष ध्यान दिएको शाक्यको दाबी ।

२०.भूकम्पले भन्दा पनि हामीले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति हुने गरेको शाक्यको टिप्पणी ।

२१.२२ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा डडेल्धुरामा विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास ।

२२.प्राकृतिक विपत्ति अन्तर्गत भुकम्प, बाढी पहिरो, आगालागी, सडक दुर्घटनाजस्ता विपद्का बारेमा खोज तथा उद्दार पूर्व तयारी स्वरुप कार्यक्रमको आयोजना ।

२३.स्वायत्व, स्वतन्त्र र स्वनियम सहितको मिडिया काउन्सिल विधेयक हुनुपर्ने राष्ट्रियसभाका सांसदहरुको भनाइ ।

२४.विधेयकको प्रस्तावना सच्याई स्वायत्व, स्वतन्त्र र स्वनियम सहितको व्यवस्था राख्नुपर्ने सांसदहरुको माग ।

२५.पत्रकारिता पेशामा स्वतन्त्र स्वायत्त नियामक निकायको रुपमा प्रेस काउन्सिल हुनुपर्ने सांसद वृषेश चन्द्र लालको भनाइ ।

२६.पत्रकारितामा आफैले आफैलाई नियमन गर्ने प्रवृतिको कुरा हुनुपर्ने हुनाले विधेयकमा राखिएको भाषालाई सच्याउनुपर्ने सांसद रामनारायण विडारीको तर्क ।

२७.प्रेस काउन्सीलको ठाउँमा मिडिया काउन्सिल नै राख्नुपर्ने भन्ने चित्त बुझ्दो उत्तर आउनुपर्ने सांसद राधेश्याम अधिकारीको माग ।

२८.रेडियो, टेलिभिजन, अनलाइन तथा छापा माध्यम सबैलाई एकै प्रकृतिको नियमन लागू हुन नहुने बैठकमा समितिका सभापति परशुराम मेघी गुरुङको भनाइ ।

२९.कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृति पाउने ।

३०.प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्वारा केही नेपाल ऐन संशोधनसहित पारित गर्दै छात्रवृतिको व्यवस्था ।

३१.समावेशी छात्रवृतिका नाममा विभिन्न विकृतिहरु बढेकाले यस्तो अनिवार्य व्यवस्था गरिएको समिति सभापति जयपुरी घर्तीको भनाइ ।

३२.विश्वविद्यलयका पदाधिकारी ५१ प्रतिशत सदस्यहरुले हटाउन सक्ने व्यवस्था गरिएको पनि घर्तीद्वारा जानकारी ।

३३.दलित, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रुपमा विपन्नलाई हरेक तहमा एकपटक छात्रवृति दिने व्यवस्था भनाइ ।

३४.संसदमा देखिएको गतिरोधको प्रमुख कारक र बाधक उपसभामुख भएको नेकपाका नेता हरिबोल गजुरेलको भनाइ ।

३५.संसदको गतिरोध हटाउन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्नेमा नेता गजुरेलको जोड ।

३६.उपसभामखले राजीनामा नदिएसम्म नेकपाले उम्मेदवारी दिन नपाउने भएकाले राजीनामा दिनुपर्ने जिकिर ।

३७.उपसभामुखले राजीनामा नदिदा सम्म बहस गर्नुको कुनै अर्थ नहुने समेत नेता गजुरेलको भनाइ ।

३८.सरकारले प्रतिवर्ष शिक्षकलाई उपलब्ध गराउँदै आएको पोशाक भत्ता प्रभावकारी भएन ।

३९.चिसो समयमा शिक्षकहरुले विद्यालय पोशाकको प्रयोग खासै गरिएको पाइएन ।

४०.पोशाक भत्ता वापत वर्षेनी एक अर्ब ५० करोड रुपैयाँ खर्च हुने गरेको मन्त्रालयको भनाइ ।

४१.सामुदायिक विद्यालयहरुमा स्थायी शिक्षक, अस्थायी शिक्षक अन्तर्गत राहत, करार, अनुदान, पिसिएफसट्टा लगायतलाई पोशााक भत्ता उपलब्ध गराउँदै आएको जानकारी ।

४२.राष्ट्रिय एकता नै राष्ट्रिय सुरक्षाको मुख्य कडी भएको प्रधानसेनापति पूर्णचन्द्र थापाको भनाइ ।

४३.राष्ट्रिय एकता बिना राष्ट्रिय सुरक्षा सबल र सुदृढ बन्न नसक्ने थापाको दाबी ।

४४.नेपाल एकीकरणको गौरवपूर्ण इतिहासलाई प्रर्वद्धन गर्न नेपाली सेनाले एकीकरण मार्ग, किल्ला, गढी, युद्ध औजारलाई संरक्षण र प्रर्वद्धन गर्न लागेको जानकारी ।

४५.नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न एकीकरण पदमार्ग यात्रा, ऐतिहासिक किल्ला र गढीहरुको वृत्तचित्र, सहासिक खेल जस्ता कार्यक्रमहरु गर्न लागेको पनि जानकारी ।

४६.लागूऔषध प्रयोग रोकथाम र नियन्त्रणका लागि नागरिकस्तरबाट सहयोग हुनुपर्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको भनाइ ।

४७.लागूऔषध दुव्र्यसनीहरुलाई परामर्श गरी सामाजिक विकृति हटाउन प्रहरी उद्दत रहेको जिकिर ।

४८.प्रहरीको एकल प्रयासले मात्रै समाज सुधार नहुने भन्दै सिंगो समुदायले ध्यान दिनुपर्नेमा खनालको जोड ।

४९.मुलुकको समृद्धिमा नागरिक र प्रहरीले साझेदारीका साथ अगाडि बढ्नुपर्ने खनालको आग्रह ।

५०.निजी क्षेत्रको हिमालय मोट्रोक्स कम्पनीले विद्युतीय बस नेपालमा ल्याउँदै ।

५१.१५ देखि ४५ सिट क्षमताका विद्युतीय बस ल्याउन लागेको कम्पनीद्वारा जानकारी ।

५२.बढ्दो वायुप्रदूषण नियन्त्रण गर्न विश्वले कदम चालिरहेका बेला विद्युतीय बस वातावरण अनुकूल हुने कम्पनीको दाबी ।

५३.फागुन १ गतेदेखि ५ गतेसम्म तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै ।

५४.नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पु¥याउने उद्देश्य सहित हुने महोत्वसमा ८० वटा चलचित्रहरु प्रदर्शन हुने आयोजकद्वारा जानकारी ।

५५.महोत्सवमा कथानक चलचित्र, बृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट चलचित्रहरुलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिने

५६.साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचकमा २६ अंकको सुधार आएपछि नेप्से १३ सय अंकले नाघ्यो ।

५७.नेप्से बढेर १३ सय १० दशमलव दुई तीन विन्दुमा ।

५८.बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा ३ दशमलव नौ शुन्य अंकले बृद्धि ।

५९.नीतिगत सुधार गरेर साना निर्माण व्यवसायीका समस्यालाई समाधान गर्दै दु्रत पूर्वाधार निर्माणमा अगाडि बढ्ने सरकारको रणनीति ।

६०.सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनले निर्माण व्यवसायीको मुख्य माग पुरा गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङको भनाइ ।

६१.रुग्ण २ हजारभन्दा बढी आयोजना समयमै सम्पन्न भई उपभोक्ताले लाभ लिने मन्त्री नेम्वाङको दाबी ।

६२.साना व्यवसायीका केही माग सम्बोधन गर्नुपर्ने गुनासो आएपछि आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री नेम्वाङको भनाइ ।

६३.नियमावलीको संशोधनपछि पनि साना वर्गलाई अझै काम गर्ने अवसर नआएको भन्दै सरकारको ध्यानाकर्षण ।

६४.सहभागीहरुले निर्माण क्षेत्रमा देखिने गरेको कमिशनको खेलको अन्त्य हुनुपर्ने भन्दै नीतिगत सुधारका लागि सरकारलाई सुझाएका थिए ।

६५.बिहीबार सुनचाँदीको मूल्यमा स्थिर, बजारमा छापावाला सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार ।

६६.अमेरिका र चीनबीच ब्यापार सम्झौतामा हस्ताक्षर भएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्ने संकेत मिलेसँगै नेपाली बजारमा पनि भाउ घट्नसक्ने अनुमान ।

६७.पोखराको मनिपाल शिक्षण अस्पतालमा स्याङ्जाको पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले एकैपटकमा जन्माइन ४ बच्चा ।
६८.शल्यक्रियाबाट १ छोरा र तिन छोरी जन्मीयको र तौल कम भएकाले बच्चाहरुलाइ भेन्टिलेटरमा राखिएको अस्पतालद्धारा जानकारी ।
६९.जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरको सिंघिया खोलाघाटमा जलाउन लागेको प्रेमदेवी साहको शव लियो नियन्त्रणमा ।
७०.मृतकको माइती पक्षले घटना शंकास्पद रहेको जनाउदै प्रहरीमा खबर गरेकाले शव नियन्त्रणमा लिएको प्रहरीद्धारा जानकारी ।
७१.नेपाल प्रहरीमा १ हजार ८ सय ५ जनाका लागि नयाँ भर्ना आव्हान ।
७२.प्रहरी निरीक्षकमा १ सय ४९ , प्रहरी सहायक निरीक्षकमा ५ सय ८४ र प्राविधिक प्रहरी जवानमा १ हजार ७२ जनाका लागि गरिएको हो दरखास्त आव्हान ।
७३.काठमाडौ चन्द्रागिरि २ नागढुंगाबाट लागुऔषध (गाँजाको धुलो) र गाँजा सहित धादिङका देबराज लामा पक्राउ ।
७४.चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट लागूऔषध १ किलो चरेश सहित रामेछापका फुर्बा शेर्पा र जिप छिरिङ शेर्पा पक्राउ ।
७५.त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लागूऔषध करिब ३ किलो चरेश सहित ईलामका दिलेन्द्र योङहाङ पक्राउ ।
७६.सुर्खेतको बिरेन्द्रनगर नगरपालिका १० बाट लागुऔषध ब्राउन सुगर सहित बसन्त दर्लामी र बिमल दर्लामी पक्राउ ।

७७.गोरु काटेको आरोपमा इलामको सूर्योदय नगरपालिका–९ को रम्फोकबाट निमा तामाङ र पेमा तामाङ पक्राउ ।
७८.काभ्रे बनेपाको जंगलमा तास खेलिरहेको अवस्थामा ५ जना नगद १ लाख ६२ हजार २० रुपैयाँ,११ वटा मोटरसाइकल, ४ वटा स्कुटर, एउटा कार सहित पक्राउ ।
७९.गोरखामा गोपाल उपरकोटी र रामबहादुर स्रिमलबीच झगडा हुदाँ गोपाल उपरकोटीको मृत्यु,कुटपिट गर्ने रामबहादुर स्रिमल प्रहरी नियन्त्रणमा ।
८०.ललितपुरको थासीटोलकी सुमित्रा नरालको घरबाट करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी ।
८१.तनहुँ,बारा, मोरङ, सप्तरी, कैलाली, चितवन र काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु ।
८२.तनहुँमा बा.१ ग २११८ नम्बरको गाडी दुर्घटना हुँदा सशस्त्र प्रहरी जवान सन्दीप केसीको मृत्यु,२९ जना घाइते ।
८३.बारामा भारतीय नम्बरको टेम्पोको ठक्करबाट भारत मोतीहारीको सुजित साहको ४ महिनाकी छोरी ज्योती साहको मृत्यु ।
८४.बारामा भारतिय नंम्बरको स्कुटरमा सवार भारतका ५ वर्षीय रिदम साह स्कुटरबाट खस्न गई अनटेस्ट ट्याक्टरले किच्दा मृत्यु ।
८५.मोरङमा को.१३ प ४६९३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ७० वर्षीय छेतधर्नु खाँ थारूको मृत्यु ।
८६.सप्तरीमा भारतिय नंम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट कुसुमलाल रामको मृत्यु ।
८७.कैलालीमा से.१ प ९९३० नम्बरको मोटरसाइकलको ठक्करबाट ६० वर्षीया टुन्टी चौधरीको मृत्यु ।
८८.काभ्रे,पनौतीमा मोटरसाइकलको ठक्करबाट ललितपुर ईमाडोल बस्ने ५० वर्षीय रामहरी देउजाको मृत्यु ।
८९.महोत्तरीमा ना.४ ख २४२४ नम्बरको ट्रकको ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।
९०.रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त ।

९१.तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएपछि संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई प्रधानमन्त्रीमा नियुक्त ।

९२.प्रधानमन्त्रीको जिम्मेवारी लिन पुटिनले गरेको आग्रह मिखाइलद्वारा स्विकार ।

९३.अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर ।

९४.सम्झौतालाई हरेक प्रकारले फाइदाको सम्झौता भन्दै यो सम्झौताबाट दुवै देशबीच सम्बन्ध सुधार हुने चिनको भनाइ ।

९५.अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सम्बन्धी आर्टिकल संसदको माथिल्लो सदनमा पेश ।

९६.तल्लो सदनले पारित गरेको महाअभियोग सम्बन्धी दुई आर्टिकल माथिल्लो सदन सिनेटमा ट्रायलका लागि पठाउन हाउस अफ रिप्रिजेनटेटिभद्वारा पारित ।

९७.ललितपुर किक बक्सिङ संघको आयोजनामा तेस्रो ‘वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता’ सुरु ।

९८.पुरुषतर्फ ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजु मुनि, ७० केजी मुनि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने ।

९९.महिलातर्फ ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने ।

१००.शहीद स्मारक ए डिभिजनलिगको चरणका खेलहरु शुक्रबारबाट शुरु हुँदै ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…