पत्रकार ढकालकाे हत्यारालाई जन्मकैदकाे फैसला

पुष्पराज अधिकारी
मकवानपुर । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैद गर्ने फैसला गरेको छ ।

ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात २५ वर्ष र डकैती गरेकोमा १४ वर्षगरी ३९ वर्ष कैद गर्ने फैसला भएको जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार केशवराज कौशिकले बताउनुभयो ।

जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौडा–१२ का १९ वर्षीय प्रविण वाईवालाई ढकालकाे हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

हेटौंडा–११ नवलपुरका ३८ वर्षीय पत्रकार ढकालको पुडासैनी र वाईवाले २०७५ पुस २५ गते हेटौंडा–१ भैरवडाँडास्थित राप्ति पुल भन्दा माथि जंगलमा हत्या गरेका थिए । हत्या गरेर ढकालसँग भएको सुनको औंठी, मोबाइललगायत सामान लुटेका थिए । ढकालको लुटिएको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

पुडासैनी र वाइवाले ढकाललाई मोटरसाइकलबाट लडाएर कन्चटमा ढुंगाले हिर्काएर हत्या गरेका थिए । प्रहरी र अदालत समक्ष अभियुक्तद्धयले लागु औषध खान हुन्न भनेर हप्काएकाले रिस उठेको र हातमा औंठी देखेर लुट्ने मनसायले हत्या गरेको साबिती वयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…