वडाध्यक्षकाे निधनमा भाेलि सार्वजनिक बिदा

बाँके । कोहलपुर नगरपालिकाले भोली (शुक्रबार) सार्वजनिक विदाको घोषणा गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको निधन प्रति दुःख ब्यक्त गर्दै नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले आफू मातहतका सबै कार्यालयमा बिदा दिने निर्णय गरेको हो । बुधबार राती भारतको बहराईचमा खड्का मृत अवस्थामा भेटिएका थिए । भारतको बहराईचस्थित शंकर होटलको कोठा नम्बर ४ मा मृत अवस्थामा भेटिएका थिए । खड्काको शव नजिकै ‘सुसाईट नोट’ भेटिएको बाँके प्रहरीले जनाएको छ । अनुसन्धान गर्ने क्रममा होटलको कोठामा ‘सुसाईट नोट’ भेटिएको प्रहरीले जनाएको छ ।

खड्काले आर्थिक तनावका कारण आत्महत्या गरेको सुसईट नोटमा खुलाएका छन् । आफैले लेखेको भनिएको सुसाईट नोटमा खड्काले बैंकका कारण आफू आत्महत्या गर्न बाध्य भएको समेत उल्लेख गरेका छन । तीन महिना अघि समेत आत्महत्याको प्रयास गरेको खड्काले सुसाईट नोटमा खुलाएका छन ।

भारतीय प्रहरीको सहयोगमा खड्काको शव बिहबार नेपाल ल्याईएको छ । भारतीय प्रहरीका अनुसार खड्काले सल्फस नामक औषधी खाएर अत्महत्या गरेका हुन् । रुपहिडियाबाट औषधी किनेर बहराईच पुगेका खड्काले होटलको कोठामा आफैले औषधी खाएर अत्महत्या गरेको सुसाईट नोटमा उल्लेख गरेका छन्। पोष्टमार्टम पछि बिहिबार नेपाली प्रतिनिधि सहितको टोलीले खड्काको शव नेपाल ल्याएको हो । खड्का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला कमिटी सदस्य समेत हुन् ।

मंगलबार सुर्खेतको मेहलकुना जाने भनि घरबाट हिडेका वडाध्यक्ष खड्का भारतमा मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय…

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल…

यूएसए । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चारको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको…

धनुषा । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि…