जन्ती बोकेको जिप दुर्घटना, ४ को अवस्था गम्भीर

सिन्धुली – सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुलाहा दुलहीसहित १४ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ । मरिण गाउँपालिका १ कटुन्जेबाट जन्ती लिएर हरिहरपुरगढी गाउँपालिकाको तामाजोरतर्फ जन्ती लिएर जाँदै गरेको ना १ च १८६० नम्बरको रोयल कात्तिके यातायातको जिप सिदुरगाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा योगेश एस्माली, सानु खपाङ्गी, दिलबहादुर पुलामी, रुपेश मगर र एकबहादुर पुलामी गम्भीर घाइते भएकाम हुन् ।घाईतेहरूको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सिन्धुली सदरमुकामतर्फ पठाउने तयारी भएको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो ।

दुलहा राजकुमार रखाल र दुलहीसहित अन्य घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुलहा र दुलहीको भने अवस्था सामान्य रहेको बम्जनले जानकारी दिए। दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय कपिलाकोट र स्थानीयले उद्धार गरेका थिए । दुर्घटना के कारणले भएको भन्ने एकिन नभएपछि प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ