शेरबहादुर देउवा पाल्छन् भैंसी, बेच्छन् खीर (भिडियोसहित)

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक खिर बेच्ने देउवाको दैनिकी बनेको छ । देउवाको नगद आम्दानीको मूल स्रोत खिर नै हो । स्वदेशमा व्यवसाय गरेर राम्रो आम्दानी लिन सकिने उदाहरण हुनुहुन्छ देउवा, अर्थात् खीरबाजे ।

६८ वर्षीय देउवा ३१ वर्षदेखि खिर बेच्दै आउनुभएको छ । देउवाले १० भैँसी पालन गर्नुभएको छ । आफ्नै घरको भैँसीहरुको दुध मात्र नभइ पुरै गाउँको भैसीको दुध संकलन गरी भिमदत्त राजमार्ग किनारमा खरको झुपडीमा रहेको पसल खीर पकाएर बेच्ने गर्नुभएको छ । भिमदत्त राजमार्गमा खिर बेच्ने देउवा लाखौं खर्चेर विदेशिने युवाका लागि उदाहरण बन्नुभएको छ ।

देउवाले चिया र खीरमा गरि दैनिक करिब ७० लिटर दुद्य खपत गर्नुभएको छ । खीर पसलको आम्दानीले देउवाले २ छोरा, र नाती नातीना गरि १० जनाको परिवार धानिरहनुभएको छ ।

देउवाका दैनिक ग्राहक आवातजावत गर्ने यात्रु हुन् । रातदिन नै खुला रहन्छ बाजेको खीरपसल । रातिको यात्रा गर्नेले पनि बाजेको खीर र चियाको स्वाद लिन पाउन गरेका छन् । खीर पसलमा अहिले घरपरिवारको साथ सहयोग त छदैँछ थप पाचँ जनालाई देउवाले राजगारी दिनुभएको छ । सरकारी तथा गैरसरकारी संस्थाले बाजेको खीर पसललाई उदाहरणका रुपमा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

रामभरोसी यादव सिरहा । ६ वर्ष अघि अर्थात् २०७० सालमा सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहैयाकी अनिताको विवाह औरहीकै…

काठमाडाैं । महाशिवरात्रीको अवशरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाई गरिएको छ । महाशिवरात्रीको अवशरमा छिमेकी भारत लगायत विभिन्न ठाउँमा…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१ मा एक नवजात शिशुको शव फेला परेको छ । रेल्वे स्टेशननजिकैको पुलको झाडीमा आइतबार भर्खर जन्मिएको…