काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी दिनुभएकाे हाे ।
उपप्रधानमन्त्री पोखरेलले शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारणसभा एवं नेपाल बिल्डटेक एक्स्पो २०२० को उद्घाटन गर्दै पूर्वाधार क्षेत्रको गुणात्मक विकासले मात्र देशको समृद्धि हुने बताउनु भयाे । ‘मुलुकको समृद्धिको आधार नै पूर्वाधार विकास हो, ’ उहाँले भन्नुभयो, ‘ पूर्वाधार विकास नभई देश समृद्ध हुन्न, त्यसकारण निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई कारबाही हुन्छ । सरकारले त्यसकाे लागि कानुन ल्याएकाे छ ।’
उपप्रधानमन्त्री पोखरेलले निर्माणा व्यवसायीकाे समस्या छलफलबाटै समाधान हुने उल्लेख गर्नुभयाे । ‘निर्माण व्यवसायीकाे कतिपय पनि समस्या हाेलान्, त्यसलाई सराेकारवाला पक्षसँग छलफल गरेर समाधान गर्न सकिन्छ ’ उहाँले भन्नुभयाे ।
महासंघले निर्माण उद्योगको प्रवर्द्धन र क्षमता अभिवृद्धिका लागि स्वदेशी उद्योगको संरक्षण गरिनुपर्नेमा जोड दिँदै आएको छ ।महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐन एवं करार ऐनमा कारबाहीको व्यवस्था हुँदाहुँदै निर्माण व्यवसायीलाई लक्षित गरेर मुलुकी अपराध संहिता ल्याउनु उचिन नभएको बताउनु भयो ।
.‘मुलुकी अपराध संहिता २०७४ को दफा २५० मा निर्माण व्यवसायीलाई लक्षित गरी १० वर्षसम्म कैद र १ लाख रुपैयाँ जरिवाना वा दुर्व सजाय हुने व्यवस्था गरिएको छ, सार्वजनिक खरिद ऐनमा थुप्रै कारबाहीको व्यवस्था हुँदाहुँदै यस्तो कानुन ल्याउनु आवश्यक थिएन’ उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायःीलाई लक्षित मुलुकी संहिता न्यायको सिद्धान्त विपरीत छ, त्यसलाई सच्याउन म सरकारलाई आग्रह गर्दछु ।’
हासंघका पूर्व अध्यक्ष जिपछिरिङ लामाले नेपाली निर्माण व्यवसायीको क्षमता अभिवृद्धिको लागि सरकारले विदेशी कम्पनीसँग जेभी गर्दा डोमेसिटक फ्रिफेन्स ७ं.५ प्रतिशत दिएर स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्ने बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डा विजयकुमार पौडेलले निर्माण गुणस्तरीय हुनुपर्नेमा जोडदिनुभयो । प्रधानमन्त्री कार्यालयका विकास व्यवस्थापन विज्ञ इन्जिनियर गजेन्द्र थपलियाले विकास निर्माणका मापदण्डबारे प्रष्ट्याउनु भयो ।
साधारणसभामा दुई दिन चल्नेछ । साधारणसभामा स्वदेश तथा विदेशका प्रतिनिधि, पर्यवेक्षकसहित १५ सय जना भन्दा बढी सहभागी छन् ।