पाकिस्तानी प्रधानमन्त्री खान भारत जाने संकेत

काठमाडाैं । भारत सरकारले २०२० को अन्त्यतिर हुने ‘सांघाइ सहयोग संगठन शिखर सम्मेलन’ का लागि पाकिस्तानी प्रधानमन्त्रीलाई निमन्त्रण गर्ने भएको छ ।

बिहीबार नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निम्ता गर्ने जानकारी दिएका हुन् ।

आगामी अक्टोबरमा आयोजना हुने सम्मेलन आठ सदस्य, चार पर्यवेक्षक र अन्य अन्तर्राष्ट्रिय साझेदारलाई पनि निम्ता गरिने परम्परा छ । चीन नेतृत्वको सांघाइ सहयोग शिखर सम्मेलनमा भारत र पाकिस्तान २०१७ देखि सदस्य राष्ट्र बनेका हुन् । चीन नेतृत्वको आर्थिक र सुरक्षा ‘ब्लक’ को सम्मेलनको आगामी आयोजक भारत बनेको हो । पाकिस्तानी प्रधानमन्त्री सम्मेलनमा सहभागी हुने वा नहुने इस्लामाबादले नै निर्णय गर्नेछ ।

विगतका सम्मेलनमा सरकार प्रमुख वा परराष्ट्रमन्त्री सहभागी हुने गरेका थियो । पाकिस्तानी प्रधानमन्त्री सम्मेलनमा सहभागी भएमा पहिलो भारत भ्रमण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको…