छाउपडी अन्त्यकाे उत्तम विकल्प ‘मनाेविज्ञान परिवर्तन’

निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो केवल अछामका लागि मात्रै भन्दा पनि सिंगो सुदूरपश्चिमकै दुर्भाग्यको विषय हो । मानिसले यसलाई किन अंगाले ? कसरी हटाउन सकिन्छ ? कस्तो खालको कुप्रथा हो ? भनेर हामीले आम समुदायलाई बुझाउन कहाँनेर गल्ति गर्यौँ ? जस्ता विषयको समिक्षा आजसम्म पनि नहुनु निकै ठूलो विडम्बना हो ।

समुन्द्री सतहबाट करिब ४५० मिटर देखि ३८७५ मिटरसम्मको उचाइँमा छ अछाम । यो क्षेत्रफलका हिसाबले सुदुरको सबैभन्दा ठूलो जिल्ला पनि हो । करिब १६८० वर्ग किलोमिटर क्षेत्रफलको यस जिल्लाको जनसंख्या ३ लाखको हाराहारीमा छ । वर्तमान संघीय व्यवस्थाअनुसार ४ नगरपालिका ६ गाउँपालिका रहेका छन् । यहाँ बसोबास गर्ने मुख्य समुदाय ब्राह्मण, क्षेत्री, दलित र थोरै संख्यामा मगर छन् ।

आफ्नै किसिमको मौलिक पहिचान बोकेको अछाम इतिहासकालदेखि नै सुदूरपश्चिमको महत्वपूर्ण सामाजिक तथा राजनीतिक केन्द्रका रुपमा रहँदै आएको छ । निकै धेरै शिलालेख भेटिने यस क्षेत्रमा उतिनै मात्रामा ऐतिहासिक प्रमाण भेटिन्छन् । तर तिनको संग्रहित गर्न राज्यले खासै चासो दिएको पाइँदैन् । भएका प्रमाण पनि दशवर्षे जनयुद्धसँगै नष्ट भएका छन । प्राचिनकालमा यस क्षेत्रलाई नौखुवा भनेर पनि चिनिन्थ्यो । त्यो बेला विभिन्न ससाना राज्यमा विभाजन गरी सत्ता सञ्चालन गरिएको देखिन्छ । कर्णालीका राजा नागराज मल्लले अछाममा शासन सञ्चालन गरे यता अछामको सभ्यता र विकास अघि बढेको मानिन्छ । यहाँ भेटिने विभिन्न ताम्रपत्र तथा शिलालेखले अछामी साहित्यको जगलाई फराकिलो बनाइरहेका छन् । इतिहासअनुसार मध्यकालमा खस भाषाको विकासमा पनि अछामको अहम भूमिका रहेको देखिन्छ ।

प्राकृतिक रुपमा निकै रमणीय अछामको विकासको गति यहाँ नगएकाहरुले अनुमान गरेजस्तै भने छैन् । पछिल्लो समय मध्यपहाडी लोकमार्गले यहाँको सुगमतामा सहयोग गरेको छ । पूर्वको विनायक नगरपालिकाबाट शुरु हुने लोकमार्ग कर्णाली राजमार्गसँग जोडिन्छ । विनायकदेखि पश्चिम गैरिटाँड, ठूलासैन, मंगलसैन, कैलाशाखोला, बयालपाटा र साँफेबगर हुँदै बाजुरा जोड्ने सडकलाई सेवा हेन्डओभर गर्ने लोकमार्ग लगभग निर्माणको अन्तिम चरणमा छ । सडककै कारण धेरै ठाउँमा ससाना स्थानीय बजारहरु खुलेका छन् । जसले गाउँघरको सुगमतामा पुलको काम गरेको स्पस्ट देख्न सकिन्छ । यहाँका निकै मनोरम दृश्यसहितका गाउँबस्तीका स्वरूप पनि विकासको गतिसँगै फेरिँदैछन् । जस्ताका घरहरुले साना बजारलाई सजिलै चिन्न सकिन्छ ।

कर्णाली बुढीगङ्गा, कैलाशखोला, रामारोशन ताल, कुइका गाड र विनायक गाड लगायतका विभिन्न ठाउँहरु यस जिल्लाका प्रमुख पानीका श्रोतहरु हुन् । यिनै नदीमा वर्षौं पहिलेदेखि बग्दै आएको पानीले कयौं कोष पार गर्यो हाेला तर त्यही पानीले ल्याउन सक्ने समृद्धी बारेको बहस भने कहिल्यै भएन । यहाँको वास्तविकता बुझेर राजनीतिक नेतृत्वले पहलकदमी लिएको भए सायद यिनै खोलाका पानीले बगाएर निकै पर बंगालको खाडीमा लैजान सक्थ्यो, हर अछामीका दुखहरु । दुर्भाग्य नै सही, यस्तो प्रयास नेतृत्वले कहिल्यै गरेन् ।

पुरातात्विक हिसाबले पनि अछाम निकै महत्वपूर्ण छ । यहाँ विभिन्न समयमा विभिन्न वंशका शासकले सत्ता चलाएका विभिन्न कोट दरबारहरु अझै छन् । तर तिनको संरक्षण एवं सम्बर्द्धन हुन सकिरहेको छैन् । जसले आउने पुस्ताको ज्ञानमार्ग र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नमा अवरोध गरिरहेको देखिन्छ ।

कर्णाली बुढीगङ्गा, कैलाशखोला, रामारोशन ताल, कुइका गाड र विनायक गाड लगायतका विभिन्न ठाउँहरु यस जिल्लाका प्रमुख पानीका श्रोतहरु हुन् । यिनै नदीमा वर्षौं पहिलेदेखि बग्दै आएको पानीले कयौं कोष पार गर्यो हाेला तर त्यही पानीले ल्याउन सक्ने समृद्धी बारेको बहस भने कहिल्यै भएन । यहाँको वास्तविकता बुझेर राजनीतिक नेतृत्वले पहलकदमी लिएको भए सायद यिनै खोलाका पानीले बगाएर निकै पर बंगालको खाडीमा लैजान सक्थ्यो, हर अछामीका दुखहरु । दुर्भाग्य नै सही, यस्तो प्रयास नेतृत्वले कहिल्यै गरेन् ।

कला, संस्कृति र पर्यटनकाे प्रचुर सम्भावना
पर्यटन व्यवसायको निकै बलियो सम्भावना भएको अछाम संस्कृतिको पनि धनी जिल्ला हो । यहाँका देउडा, ठाडी भाका, रत्यौली, भुवा, पुतला र हुड्केउली अमुल्य सांस्कृतिक गहना हुन् । तर यस्ता सांस्कृतिक परम्पराहरु व्यवसायीकरण भएको देखिदैन् । यी परम्पराहरुको राम्ररी प्रचारप्रसार पनि भएको देखिँदैन् । हुड्केउली नाच्ने मान्छेको कला अनि पहिरन हेर्दा आँखा नझिम्काई हेरिरहुँ लाग्ने हुन्छ । तर यस्ता संस्कृतिहरु गाउँघरमा मात्र सीमित छन् । शहर र बाहिरी दुनियाँसँग यहाँका संस्कृतिले राम्रो साक्षत्कार गर्न नै पाइरहेका देखिँदैनन् ।

भएका प्रचार-प्रसार तथा विकासमा समेत निश्चित सम्प्रदायलाइ मात्रै बोकिएको पाइन्छ । यस्तै अन्य पूर्व शासकहरुका दरबार तथा कोटलाई संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन कुनै अग्रसर्ता देखिँदैन । तिनै दरबार र कोटको संरक्षण गरेको भए आज अछाम असङ्ख्य मानिसहरुको आन्तरिक पर्यटनको केन्द्रबिन्दु बन्नसक्ने कुरामा दुईमत छैन् । दुर्भाग्य, हामीले बरु त्यस्ता भौतिक संरचनाका प्रमाण नष्ट गर्यौं तर यसको दीर्घकालिन महत्वलाई ध्यान दिन सकेनौं ।

रामारोशन, खप्तड, बैजनाथ मन्दिर, वरदादेवी, दर्ना दरबार, मंगलसैन दरबार, विनायकका पञ्चदेवल, बान्नीगडी, बयालपाटा र जयगडजस्ता स्थानहरु यहाँ आउने पर्यटकलाई स्वर्गीय आनन्द प्रदान गर्ने ठाउँहरु हुन् । यस्ता ठाउँहरुलाई धार्मिक र सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन सक्दा समग्र अछामले नै कोल्टे मार्नेमा आशा गर्न सकिन्छ । साँफेबगरदेखि ३ किलोमिटर दुरीमा अवस्थित बैजनाथ धाम हिन्दुहरुको निकै ठुलो आस्थाको केन्द्रबिन्दु हो ।

महाशिवरात्रीको अवसरमा मेला लाग्ने यस भूमीमा पाइला राख्नु मात्रै पनि मानिसले आफ्नो जीवनमा गरेका आधा पापहरु नस्ट हुनु सरह मानिन्छ । तर विडम्बना भन्नुपर्छ एक दिनको मेला बाहेक अन्य दिनमा यहाँ आउने मानिसको चहलपहल निकै न्यून हुने गर्छ । आँफै उत्पन्न ज्योतिर्मय लिंग स्वरूप भगवान शिवको दर्शन दुर्लभ हुन्छ तर यसको यथोचित प्रचार प्रसार हुन सकेको छैन । आवश्यक बसोबासको प्रबन्ध सहित प्रचार प्रसार भएको खण्डमा साँफेबगरले मात्र होइन, सिंगो अछामले संसारलाइ धार्मिक महत्वका हिसाबले चिनाउन सक्दछ । यसै क्षेत्रबाट राजनीतिक प्रतिनिधित्व गर्ने अगुवाहरुले केन्द्रमा यहाँको विकासका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने हो भने यहाँको समृद्धी टाढा छैन् । यसर्थ यहाँ पुग्ने जोकोहीलाई यहाँको राजनीतिक नेतृत्वले यस्ता विषयमा कत्तिको चासो दिएको छ भनेर सोच्न बाध्य तुल्याउँछ ।

गोठ भत्काएर मात्रै केही हुँदैन् । सबैभन्दा ठूलो कुरा भनेको मान्छेको मनोविज्ञानमै परिवर्तन ल्याउनुपर्छ । मनोविज्ञानमा परिवर्तन गर्न भाषण र नाराहरुको मात्रै तागत पुग्दैन र त्यसका लागि व्यवहारमै काम गरेर देखाउनुपर्छ । छाउपडी अन्त्यका सन्दर्भमा पनि समाजको मनोविज्ञान बदल्नु नै प्रमुख विषय हो । यसरी व्यवहारमा नै यो प्रथा अन्त्यका लागि पहल भएका ठाउँहरुमा केही सुधार समेत आइरहेको छ ।

छाउपडी कू–प्रथा अन्त्यकाे उपाय 
निकै धेरै राम्रा विषयहरूकाे समिश्रण रहेको अछामलाई बहुसंख्यक मानिसले छाउपडी कुप्रथा रहेको जिल्लाका रुपमा चिन्दै आएका छन् । त्यो अछामका लागि मात्रै भन्दा पनि सिंगो सुदूरपश्चिमका लागी दुर्भाग्यको हो । मानिसले यसलाई किन अंगाले ? यसलाई कसरी हटाउन सकिन्छ ? यो कस्तो खालको कुप्रथा हो ? भनेर हामीले आमसमुदायलाई बुझाउन कहाँनेर गल्ति गर्यौ ? जस्ता विषयको समिक्षा आजसम्म पनि नहुनु झन ठूलो विडम्बना हो ।

स्थानीय, राजनीतिक दल, नेता तथा तिनका कार्यकर्ता र समाजका अगुवाहरुले गर्नुपर्ने यो बहस वास्तवमा आजसम्म पनि हुन सकिरहेको छैन् । यस्ता बहसहरु भएका कुनै दृष्टान्त पनि भेटिदैनन् । बरु हिजोआज राज्य स्तरबाट छाउगोठ भत्काउने अभियान सञ्चालन भएको छ । जिल्लामा अबदेखि छाउगोठ कसैले राख्नेलाई राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित गरिने छ भन्ने उर्दी जारी गरिएको छ ।

तर सहजै बुझिने कुरा के हो भने समस्या गोठमा छैन् । समस्या त केवल मनोविज्ञानमा छ । देवी, देवता, भुतप्रेत तथा पिचासको भय कायम रहेको मनोविज्ञान नचिरी भत्काएका गोठबाटमात्रै कुनै परिणाम आउन सक्दैन् । यस्तो विकराल अवस्थाको ठाउँमा बास्ने मानिसका गतिविधिबाट पनि यस्तो परम्परागत मनोविज्ञान परिवर्तन सम्भव छैन् । किनभने दशकाैँ देखि अछामको छाउपड़ीलाई गम्भीर समस्या देखाएर धेरै सरकारी तथा गैर सरकारी संस्था आफू बलिया बनेको तर अछामको अवस्था उस्तै रहेको लुकेको छैन् ।

स्थानीय राजनीतिकर्मीले आफ्नो चुनावी घोषणापत्रमा कूप्रथा अन्त्यका लागि गरेका प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न लाग्दा यहाँको धामी झाँक्रीमा विश्वास गर्ने मनोविज्ञानमा परिवर्तन हुने र छाउपडी प्रथाको अन्त्य गर्न सकिने पर्याप्त सम्भावना छ । यसैगरी हरेक क्षेत्रमा महिला सहभागितालाई प्राथमिकता दिने, परिवारको बैंक खाता महिलामार्फत सञ्चालन गर्ने, जग्गा धनि प्रमाण पुर्जा महिलाकै नाममा बनाउने लगायतका कामबाट उनीहरुलाई जिम्मेवार बनाइयाे भने यो कुप्रथालाई न्यूनिकरण गर्न सकिन्छ ।

विद्यमान छाउगोठहरु भत्काउनुको सट्टा गोठको संरचनालाइ नबिगारी यसमा यहाँका ऐतिहासिक तथा स्थानीय कला झल्किने कोशेली घर निर्माण गर्न सकिन्छ । सामान्य सुधार गर्ने हो भने ति गोठहरुलाई हाम्रा घर आँगनमा बास बस्न आउने पाहुनाको लागि अतिथि गृहसमेत बनाउन सकिन्छ । हिजोका छाउपड़ी गोठ आज अथिति गृह बन्दा जति आनन्द त्यो समुदायका मानिसका लागि अरु के बन्न सक्ला ?

यसर्थ गोठ भत्काएर मात्रै केही हुँदैन् । सबैभन्दा ठूलो कुरा भनेको मान्छेको मनोविज्ञानमै परिवर्तन ल्याउनुपर्छ । मनोविज्ञानमा परिवर्तन गर्न भाषण र नाराहरुको मात्रै तागत पुग्दैन र त्यसका लागि व्यवहारमै काम गरेर देखाउनुपर्छ । छाउपडी अन्त्यका सन्दर्भमा पनि समाजको मनोविज्ञान बदल्नु नै प्रमुख विषय हो । यसरी व्यवहारमा नै यो प्रथा अन्त्यका लागि पहल भएका ठाउँहरुमा केही सुधार समेत आइरहेको छ ।

अछामका प्राय ठाउँहरुमा सबैभन्दा पहिले सासुको भूमिकामा रहेका आमाहरुको मनोविज्ञानमा परिवर्तन ल्याउन जरुरी छ । गाउँघरका महिला दिदीबहिनी महिलाबाट नै बढी पीडित बनिरहेको तर्फ समस्या समाधानमा जुटिरहेकाहरु सचेत हुनुपर्छ । आमाहरुको चेतनामा परिवर्तन ल्याउँदा मात्रै बुहारीको भूमिकामा आउने वर्तमान र भविष्यका सबै कलिला रोशनी, पिउँली र किथ्थीहरुको अकालमै ज्यान नजाने निश्चित गर्न सकिन्छ ।

स्थानीय राजनीतिकर्मीले आफ्नो चुनावी घोषणापत्रमा कूप्रथा अन्त्यका लागि गरेका प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न लाग्दा यहाँको धामी झाँक्रीमा विश्वास गर्ने मनोविज्ञानमा परिवर्तन हुने र छाउपडी प्रथाको अन्त्य गर्न सकिने प्रयाप्त सम्भावना छ । यसैगरी हरेक क्षेत्रमा महिला सहभागितालाई प्राथमिकता दिने, परिवारको बैंक खाता महिलामार्फत सञ्चालन गर्ने, जग्गा धनि प्रमाण पुर्जा महिलाकै नाममा बनाउने लगायतका कामबाट उनीहरुलाई जिम्मेवार बनाउने भने यो कुप्रथालाई न्यूनिकरण गन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…