अकुपाईँ टुँडिखेल अभियानको ११औँ सप्ताह

काठमाडौं । अकुपाईं टुंडिखेल अभियानको ११औँ सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ ।

अतिक्रमणको चपेटामा परेको टुंडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्यसहित शुरु गरिएको अभियानको ११ सातामा फोटो प्रदर्शनी गरिएको हो ।

शनिबार ‘हामी नबिर्सौ नाम दिएर फोटो प्रदर्शनी गरिएको हो । अभियानले गतसाता खुल्लामञ्चभित्र बसपार्क निधेष गरिएको सूचना टाँस गरिएको थियो । काठमाडौं ६ बाट निर्वाचित कांग्रेस सांसद भीमसेनदास प्रधानले बसपार्क निषेधको ब्यानर राखेको भएपनि सम्बन्धित निकायले उठाएर लगेको बताउनुभयो । खुलामञ्चलाई अतिक्रमण मुक्त गर्न गुठी विधेयकको विरोधमा जस्तै जनताहरु सडकमा ओर्लिए सरकारलाई गाह्रो हुने भन्दै ध्यानाकर्षण गराउनुभयो ।

प्रदर्शनीमा ऐतिहासिक महत्व, विपदको साथी, साँघुरिदो खुला ठाउँ—पहिले र अहिले, खुला ठाउँको महत्व, निस्सासिएको शहर र आहा क्या राम्रो काठमाडौं जस्ता विषयहरु समेटिएका थिए । सांस्कृति र राजनीतिक महत्व बोकेको टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालनमा आएका छन् ।

भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने कार्य गरी टुँडिखेल मासिँदै गइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको…