युवामा स्मार्ट फोनको अत्यधिक प्रयोग

उमा अधिकारी
दूरसञ्चारको सबैभन्दा छिटो यन्त्र हो मोबाइल । जसको माध्यमबाट हरेक व्यक्तिसँग टाढा होस् वा नजिक, देश होस् वा विदेश क्षण भरमै सजिलैसँग कुरा गर्न सकिन्छ । जसको सहायताले हरेक समाचार क्षण भरमै थाहा पाउन पनि सकिन्छ

पछिल्लो समयमा विश्वका एक चौथाई भन्दाबढी युवाहरु आफ्नो स्मार्ट फोनमा व्यस्त जीवन बिताइरहेका छन् । स्मार्ट फोनको महत्व भन्दा बढी युवायुवतिले यसलाई प्रयोगमा ल्याएका छन् । उनीहरुको लागि यो एउटा लत नै बनिसकेको छ । स्मार्ट फोनको प्रयोग अत्यधिक बढेकाले कम उमेरमै स्मरण क्षमता कमजोर हुनु चिकित्सा विज्ञानमा चुनौतिको विषय तथा चिन्ताको कारण बनेको छ । प्रविधिमा अत्यधिक निर्भरताका कारण मानिसको स्मरण क्षमता तीव्र रुपमा कम हुँदै गएको छ ।

सन् २०१८ मा गरेको एक जनसांख्यिकीय सर्वेक्षणअनुसार १६ वर्षदेखि २४ वर्ष उमेर समूहका ८६ प्रतिशतले फेसबुक चलाउने गरेको देखाएको छ । यस अनुसन्धानका अनुसार आजका युवाहरु एकैछिन् मोबाइल साथमा नहुँदा आत्तिने, तत्काल नकारात्मक सोच आउने गरेको छ । उनीहरुलाई यसले मानसिक तनाव ल्याउँछ । मोबाइल लतकै कारण उनीहरुमा यी खराब प्रभाव पनि परिरहेको अध्ययनमा उल्लेख गरिएको छ । आजभोलिका युवायुवतीमा पढाइमा असर पर्नुको साथै डिप्रेसन, अनिद्रा, घर परिवार, समाजबाट टाढिएर बस्ने बानी भएका हुन्छन् । इन्टरनेटमा सामाजिक सञ्जालका साथै विभिन्न किसिमका खेलमा रमाउने क्रममा घरपरिवारबाट बिस्तारै टाढिने र आफ्नो समस्यालाई खुलेर कुरा राख्न नसक्ने प्रविधिका हुन्छन् ।

स्मार्ट फोन कै कारण साना बच्चाहरुमा पनि प्रभाव पारिसकेको छ । खाना खुवाउनेदेखि लिएर नसुतेसम्म बच्चालाई मोबाइलको आवश्यक परेको छ । जहाँसम्म कि रोएको बच्चालाई मोबाइल दिनासाथ उ चुप हुन्छ । उनीहरुलाई यसबाट टाढा लाग्ने अवस्था नै भएको छैन । यस लतले हुर्कदो उमेरका बच्चासँगै युवाहरु पनि गुज्रिँदा यसले निम्त्याउने घातक असर अभिभावक र शिक्षकमा चिन्ताको विषय बन्न थालेको छ । पछिल्लो समय चर्चामा आएको टिकटक जस्ता एपहरुले झनै युवाहरुलाई आकर्षित बनाएको छ । घर छरछिमेकको आँगन र चोकमा गएर भिडियो बनाउन व्यस्त देखिन्छन् युवायुवतिहरु ।

स्मार्ट फोनले निम्त्याउने समस्याहरु
मोबाइल तथा स्मार्ट फोनको प्रयोगले घण्टौँसम्म गर्धन झुकाएर मोबाइल चलाउँदा युवाहरुमा काँध तथा गर्धन दुख्ने समस्या बढिरहेको छ ।
मोबाइलको कि प्याडको अत्यधिक प्रयोगले गम्भीर स्नायु रोग कार्पल टनल, सिन्ड्रोमको खतरा रहने विज्ञहरु बताउँछन् । अँध्यारोमा मोबाइल फोन चलाउदा मोबाइलको प्रकाशले आँखाको नानीलाई नकरात्मक असर गर्दछ । कानमा धेरै समयसम्म इयरफोन लगाएर बस्दा कान कम सुन्ने समस्या बढेको छ ।

इसिजी गर्ने बेलामा जसरी इलेक्ट्रो म्याग्नेटिक सिग्नलहरुले केही समयका लागि मुटुको गतिलाई नियन्त्रण गर्दछन् त्यसैगरी मोबाइलको विकिरण समेत मुटुमा असर गर्ने विज्ञहरु बताउँछन् ।

जापानको होक्काइडो विश्वविद्यालयमा स्कूल अफ मेडिसिनका शोधकर्ताहरुले २० देखि ३० वर्ष उमेरका डेढ सय मानिसको अध्ययन गरेका थिए । त्यस अध्ययनमा २० प्रतिशत मानिसको स्मरण क्षमता गुम्ने समस्या देखिएको थियो । त्यस्तै बेलायतको नथ्राम्बिया विश्वविद्यालयमा गरिएको शोधले पनि यस्तै नतिजा देखाएको थियो ।

वैज्ञानिकहरुका अनुसार स्मार्ट फोनको कारण स्मरण क्षमताको क्षयीकरणको प्रभाव आउँदो पुस्तामा समेत सर्ने देखाएको छ । त्यसैले आगामी दिनमा प्रविधिले मानिसको स्मरण क्षमतामा पार्ने नकारातमक असर झनै विकराल बन्ने वैज्ञानिकहरु बताउँछन् ।

यान्त्रिक निर्भरताले बैंक एकाउन्ट नम्बर, पासवर्ड, साथीभाइ तथा आफन्तको जन्मदिन, फोन नम्बर, महत्वपूर्ण जानकारीबाट बाहिरिसकेका छन् । हरेक सानो भन्दा सानो गणनामा समेत क्याल्कुलेटरको प्रयोगले बच्चालाई सामान्य गणितबाट समेत टाढा बनाउँदैछ । बच्चाहरुले क्याल्कुलेटर विना सामान्य जोड घटाउ पनि गर्न नसक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- कामा व्यस्तता बढ्नेछ । अरुले प्रशंसा गनेछन् । वृष- धर्ममा रुचि जानेछ । पुराना कामबाट फाईदा मिल्नेछ । मिथुन-…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बिहीबार…

काठमाडाैं । आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व आज दिनभर मनाइदै छ । आज बिहानैदेखि…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सेनाको सञ्चार सुरक्षा प्रणाली ह्याक भएको छ । प्रणाली ह्याक भएको पुष्टि अमेरिकी…

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठूलोठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको…