विश्वविद्यालयका ३५ हजार विद्यार्थी विस्थापित

काठमाडाैं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् ।

अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएको अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ ।

विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूले अध्ययनका लागि अन्यत्र गएका सम्बद्ध अधिकारीहरूले बताएका छन् । विश्वविद्यालयहरूले आफू मातहतका विद्यार्थी तथा कर्मचारीलाई अध्ययनमा अवरोध पुर्याएको भन्दै कारबाही शुरू भएको जनाएका छन् । मन्त्रालयका अनुसार सुधारका लागि ४० शिक्षक तथा ६ सय ४० विद्यार्थीलाई कारबाहीको दायरामा ल्याइएको छ र विस्थापित विद्यार्थीहरूलाई पुनः विद्यालयमा फर्काउन पहल थालेको पनि बताएको छ ।

सन् २०१९ को नोभेम्बरदेखि विश्वविद्यालयमा भएका प्रदर्शन र हिंसाका कारण कम्तीमा एक दर्जन विद्यार्थीको मृत्यु भएको छ भने दर्जनौँ विद्यार्थीहरू घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको…