काठमाडौं । पाँचौ राष्ट्रिय वाणिज्य बैंक एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा शनिबार महिलातर्फको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सेनाको टिएसीले जित निकालेका छन् ।
दशरथ रङ्गशालाको कभर्डहलमा भएको दोश्रो दिनको पहिलो खेलमा एपिएफले जावलाखेल भलिबल सेन्टर (जेभिसी)लाई ३–० को सोझो सेटमा पराजि गर्दै ३ अंक बटुल्न सफल भयो । एपिएफले जेभिसी माथि २५–४, २५–८, २–८ को सेटमा पराजित गरेको हो ।
यस्तै महिला तर्फकै दोश्रो खेलमा टिएसीले भरतपुर मेट्रो खेलकुद परिषद (बिएमसी) लाई ३–० सेटले नै पराजित ग¥यो । टिएसीले बिएमसीलाई २५–८, २५–२०, २५–१० को सोझो सेटमा पराजित गरेको हो ।
त्यसैगरी शनिबारनै भएको पुरुषको पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्बल (एनवाईसी) र आरजी भलिबल ग्रुप (आरजीजी) बीचको खेलमा एनवासीले जित हात पार्यो । एनवाईसीले २५–२०, २५–१६, २५–१८ अंकका साथ ३–० को जित निकाल्दै ३ अंक बटुल्न सफल भयो । एनवाईसीको पहिलो जित हो भने आरजीजीको दोश्रो हार हो ।
पुरुषको दोश्रो खेलमा नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लब (पिभिसी)बाट वाक ओभर प्राप्त गरेको छ ।
प्रतियोगिताको तेश्रो दिन आईतबार बिहान ९ः३० बजे पुरुषको पिभिसी र मनिमुकुन्द भलिबल क्लब (एमभिसी ) बीच पहिलो प्रतिस्पर्धा हुनेछ । यस्तै दोश्रो खेल पुरुषकै हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी) र बुद्धटोल युवा भलिबल क्लब (बिवाईसी) बीच हुने कार्यक्रम रहेको छ ।