एउटा बोलेरो र १४ मोटरसाइकल जल्यो,प्रहरीसहित चार घाइते

सोलुखुम्बु । राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर सोलुखुम्बुको तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत प्राधिकरणको सब स्टेशनमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका हुन्। आन्दोलनकारीले सांसद टोलीका १४ मोटरसाइकलमा आगजनी गरेका छन् भने स्थानीय टंक कार्कीको बोलेरो गाडी समेत जलाएका छन्।

स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार गरेको थियो। प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ। स्थानीयले राष्ट्रिय प्रसारण लाइनको विद्युत उद्घाटनभन्दा पहिले ग्रामीण विद्युतीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका तिङलालीले शनिबार तिंङला बन्दको आव्हान गरेका थिए।

सडक पार गर्न खोज्दा अवरोध गरेपछि भनाभन भएको थियो । सो क्रममा आन्दोलनकारीले एक्कासी ढुंगा र लौरो प्रहार सुरु गरेका थिए। ढुंगा प्रहार भएपछि कार्यक्रममा सहभागी हुन गएकाहरुमोटरसाइकल छाडेर भागेपछि आन्दोलनकारीले आगो लगाएका हुन् । विकास विरोधी तत्वले तिंलाका जनतालाई मुठभेडमा उतारेको सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई सुरवीरले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…