महिला नेतृत्व स्वीकार्न किन कठिन ?

नेपालका राजनीतिक पार्टीहरु महिला नेतृत्वप्रति अनुदार हुनुको मुख्य कारण त्यहाँभित्रको पितृसत्तात्मक सोच प्रमुुख कारण रहेकोमा दुईमत छैन् । कम्युनिष्ट पार्टीमा पितृसत्तात्मक सोचले जरो गाड्नुको कारण चाहिँ त्यहाँभित्रको जनवादी केन्द्रियतामा आधारित पार्टी सञ्चालन विधि मुख्य देखिएको छ । त्यस्तै दोस्रो कारण भनेको पार्टीको समग्र संरचना र चिन्तन प्रणाली केन्द्रिकृत हुनु हो । पछिल्लो समय नेकपामा हावी भएका यि दुई विषयले महिला नेतृहरुप्रति पार्टीको अनुदारता छरपष्ट भएको छ । यस्तो मनोविज्ञान घट्न नसकेर झन बढ्दै जाने हो भने नेपालको समग्र लोकतान्त्रिक प्रणाली नै खतरामा पर्नसक्ने तर्फ नेतृत्व बेलैमा सचेत हुनुको विकल्प छैन् ।

उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले सभामुख बन्ने अवसर किन नपाउने ? भन्ने प्रश्न यतिबेला निकै पेचिलो बनेको छ । अब उहाँ सभामुख बन्नै नसक्ने अनुमान सही नै साबित हुने सम्भावना बढिसक्याे  । केहिले  त्यस्तो हुनुको कारणमा  ‘पहिलो कुरा उनी महिला भएकाे  र दोस्रो कम्युनिष्ट पार्टीमा आवद्ध भनेर विश्लेषण गरिरहेका छन् ।

विश्व राजनीतिको इतिहासक्रमलाई हेर्ने हो भने पितृसत्तालाई तोड्दै धेरै महिलाले आफ्नो नाम इतिहासमा अंकित गराएका प्रशस्त उदाहरण छन् । उदाहरणका लागि भारतमा इन्दिरा गान्धी, इजरायलमा गोल्डा माएर, बेलायतमा माग्रेट थ्याचर, अर्जेन्टीनामा इसाबेला पेरोल र पाकिस्तानी नेतृ बेनेजर भुट्टो लगायतका महिलाहरुले आफ्नो देशलाई उत्कृष्ट नेतृत्व प्रदान गरेको इतिहास छ । त्यसैगरी श्रीलंककामा चन्द्रिका कुमारा तुंगा, बंलादेशमा खालिदा जिया र शेष हसिना इण्डोनेशियामा मेघा वर्ति सुकार्नो, भारतमा सोनिया गान्धी , अमेरीकामा कन्डो लिजा राईस , हिलारी क्लिन्टन र म्यानमारमा आङ साङ सुची जस्ता नयाँ पुस्ताका नेतृहरु आज पनि विश्व राजनीतिमा नेतृत्वदायी भूमिका निभाइरहेका छन् । तर यहाँ महत्वपूर्ण र ध्रुवसत्य कुरा के हो भने, यी सबै नेतृहरु न त कम्युनिष्ट सरकार भएका मुलुकका हुन् न त कम्युनिष्ट पार्टीका।

वास्तवमा महिला अधिकारका पक्षमा सबैभन्दा पहिले बोलेको कम्युनिष्ट घोषणापत्रले नै हो भन्नेमा दुईमत छैन् । सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्र सार्वजनिक भयो । संसारमा पहिलो पटक उक्त घोषणापत्रमा नै महिलाको श्रम शोषण सम्बन्धमा उल्लेख गरिएको थियो । मार्क्सवादलाई श्रमिक आन्दोलनसँग जोडेर त्यसको प्राण भर्ने काममा महिलाहरुको पनि कम योगदान छैन् ।

रोजा लक्जेम्वर्गले मार्क्सवादलाई श्रमिक आन्दोलनसँग जोडिन् । विश्वभर मार्क्सवादका पक्षमा लहर ल्याउने काममा अहोरात्र खटिइन् । तर उनी आँफै कालान्तरमा आफ्नै कम्युनिष्ट पार्टीमा नरहने परिस्थिति बन्यो । रोजा लक्जेम्वर्गकै उचाइँ भएकी अर्की महिला नेतृ हुन क्लारा जेट्किन् । सन् १९०६ मा जर्मनमा भएको समाजवादी महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा क्लारा जेट्किन् महासचिव बनिन् ।

जेट्किनले नै १९१० मा समाजवादी महिलाहरुको दोश्रो सम्मेलनमा ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउने प्रस्ताव राखिन् । प्रस्ताव सर्वसम्मत रुपमा पारित भयो । त्यसपछि नै सन् १९११ मार्च ८ देखि विश्वभर श्रमिक महिला दिवस मनाउन थालियो । प्रथम विश्वयुद्ध हुँदा उनी शान्तिको पक्षमा उभिन् । विश्वयुद्ध विरुद्ध सन् १९१५ मा जर्मनको बोनमा महिलाहरुले सम्मेलन गरे । सम्मेलनमा गरिएको शान्ति प्रस्ताव विश्वभरि नै तहल्का मच्चायो । यही कारण जेट्किनलाई गिरफ्तार गरियो । तर उनको गिरफ्तारीविरुद्ध व्यापक विरोधपछि उनलाई छोडियो । मार्क्स र एङगेल्सका विचारबाट प्रभावित भइ समाजवादी पार्टीमा रहेकी जेट्किनलाई पार्टीभित्रको मतभेदका कारण सन् १९१७ मा केन्द्रीय समितिबाट हटाइयो । युरोपमा मात्रै होइन एसिया तथा दक्षिणी अमेरिकी मुलुकका कम्युनिष्ट पार्टीमा पनि महिलाहरु जब नेतृत्वमा पुग्ने पाइपलाइनमा हुन्छन् तब उनीहरुलाई निरुत्साहित बनाएर पार्टी छाड्न वाध्य पारिन्छ । विश्वका कुनै पनि कम्युनिष्ट पार्टीमा महिलाहरु माथिल्लो तहमा पुग्न नसक्नुमा महिला नेतृहरुको क्षमता हुँदाहुँदै पनि किन सम्भव हुँदैन भन्ने प्रश्न आज पनि उत्तिकै ज्वलन्त बनिरहेको देखिन्छ । यस सन्दर्भमा छिमेकी मुलुक चीनकै उदाहरण हेर्न सकिन्छ ।

दुई वर्षअघि सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले सात जनाको स्थायी समिति निर्माण गरेको छ । जसमध्ये पाँच जना नयाँ अनुहार स्थायी समितिमा आए । तर विडम्बना, यो समितिमा एकजना पनि महिला अट्न सकेनन् । पार्टीमा रहेको २५ सदस्यीय पोलिटब्युरोमा मुस्किलले सन चुनलान नाम गरेकी एकजना मात्रै महिला नेतृ अटेकी छन् ।

महिला सहभागितामा चिनियाँ कम्युनिष्ट पार्टी
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) सन् १९२१ मा स्थापना भएको हो । यो पार्टीले विगत ७० वर्षदेखि अभिछिन्न रुपमा जनवादी गणतन्त्र चीनको शासन सत्ता सम्हालिरहेको छ । यो अवधिमा चीनले आर्थिक समृद्धी तथा विकासमा ठूलो फड्को मारेको छ । क्युवा, उत्तर कोरिया, भेनेजुयला लगायतका कम्युनिष्ट मुलुकजस्तो पनि चीन छैन् । तर महिला सहभागीताको मामिलामा भने चीन पनि चुकेको छ । विश्वकै सबैभन्दा ठूलो चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य संख्या मात्रै १० करोड भन्दा माथि छ ।

करिब दुई वर्षअघि सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले सात जनाको स्थायी समिति निर्माण गरेको छ । जसमध्ये पाँच जना नयाँ अनुहार स्थायी समितिमा आए । तर विडम्बना, यो समितिमा एकजना पनि महिला अट्न सकेनन् । पार्टीमा रहेको २५ सदस्यीय पोलिटब्युरोमा मुस्किलले सन चुनलान नाम गरेकी एकजना मात्रै महिला नेतृ अटेकी छन् । चुनलानले सन् २००९ देखि २०१४ सम्म फुजियान प्रान्तमा पार्टी सचिवको रूपमा काम गरेकी थिइन् । जनवादी गणतन्त्र चीन स्थापनापछि प्रान्तीय पार्टी प्रमुख हुने चुनलान नै दोस्रो महिला नेतृ हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा हालसम्म एकजना पनि महिला स्थायी समितिमा पुग्न सकेका छैनन् ।

त्यसो त १९ औं महाधिवेशनमा उपस्थित दुई हजार दुई सय ८० पार्टी प्रतिनिधिमध्ये करिब एक चौथाइ मात्रै महिला सहभागिता रहेको थियो । १० करोडभन्दा बढी पार्टी सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीमा २६ प्रतिशत मात्रै महिला सदस्य रहनु अत्यन्तै निराशाजनक हो । सन् २०१२ को महाधिवेशनबाट पनि ३३ जनामात्रै केन्द्रीय समितिमा परे । त्यतिबेला पनि पोलिटब्युरोमा जम्मा दुई महिलामात्र अटाए ।

जसरी विश्व कम्युनिष्ट आन्दोलनमा रोजा लक्जेम्वर्ग, क्लारा जेट्किनले जुन उचाइँको त्याग र समर्पण गरे, त्यो अनुरुप उनीहरुले आफ्नै पार्टीमा सम्मान पाएनन् र यसमा नेपालको कम्युनिष्ट आन्दोलन पनि अछुतो रहन सकेन । नेपाल कम्युनिष्ट पार्टीकी संस्थापक मोतिदेवी श्रेष्ठमात्रै होइन् , वामपन्थी कित्ताबाट २०४६ को परिवर्तनको नेतृत्व गर्नुभएकी सहाना प्रधानले समेत पार्टीमा यथेष्ट सम्मान प्राप्त गर्न सकेनन् ।

सत्तारुढ नेकपाको हालत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ९ सदस्यीय शक्तिशाली सचिवालय बनाएको छ । जसमा महिला उपस्थिति शून्य छ । पार्टीको सिंगो केन्द्रिय कमिटीमा निर्वाचन आयोगले तोकेको र संविधानमा व्यवस्था गरिएको समानता र समावेशिताको मापदण्ड अपनाइएको छैन् । पार्टीका ७७ जिल्लामा कमिटिमध्ये जम्मा तीन जिल्लामा मात्रै महिला अध्यक्ष रहेका छन् । नेकपाजस्तो लोकतन्त्र, समानता र समावेशिता जस्ता एजेण्डाहरूकाे  नेतृत्व गरेको पार्टीमा महिलाहरूको यस्तो अवस्था देखिनु स्वभाविक मान्न सकिँदैन ।

लोकतान्त्रिक सरकारको नेतृत्व गरेको दलबाटै यस्तो हुनु आश्चर्यजनक छ । संविधानले ग्यारेण्टी गरेका ठाउँमा बाहेक महिलाको प्रतिनिधित्व गराउने मामलामा नेकपा मात्रै होइन आफूलाई लोकतन्त्रको पर्यायवाची ठान्ने प्रतिपक्ष नेपाली कांग्रेसमा समेत उस्तै अवस्था छ । यसबाट भाषणमा जे बोलिएपनि पार्टीहरुको महिलालाई हेर्ने दृष्टिकोणमा पितृसत्तात्मक सोचले जरा गाडेको प्रष्ट देखिन्छ । यसर्थ फेरिपनि महिला अभियन्ताहरुले संविधानमा व्यवस्था भएको ३३ प्रतिशत कार्यान्वयनका लागि आवाज उठाउनु ‘मासु व्यवसायीका अगाडी राँगोले आँसु चुहाए जस्तै’ बनेको छ ।

जसरी विश्व कम्युनिष्ट आन्दोलनमा रोजा लक्जेम्वर्ग, क्लारा जेट्किनले जुन उचाइँको त्याग र समर्पण गरे, त्यो अनुरुप उनीहरुले आफ्नै पार्टीमा सम्मान पाएनन् र यसमा नेपालको कम्युनिष्ट आन्दोलन पनि अछुतो रहन सकेन । नेपाल कम्युनिष्ट पार्टीकी संस्थापक मोतिदेवी श्रेष्ठमात्रै होइन् , वामपन्थी कित्ताबाट २०४६ को परिवर्तनको नेतृत्व गर्नुभएकी सहाना प्रधानले समेत पार्टीमा यथेष्ट सम्मान प्राप्त गर्न सकेनन् ।

अझ तत्कालीन माले र मार्क्सवादीको एकीकरणपछिको एमालेमा प्रधानको हैसियत नै स्वीकार्न आनाकानी गरियो । ठिक यही कोणबाट आजको पार्टीकी प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्यलाई समेत नेकपाले उचित जिम्मेवारी दिन जरुरी ठानेन । शाक्यपछिको पुस्ताको महिला नेतृत्वको रुपमा उभिएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सभामुख पदमा गरिएको दाबी मात्र सम्मलाई पनि अनावश्यक भनिदैछ । यहाँनेर पंत्तिकारले संकेत गर्न खोजेको विषय के हो भने , के कम्युनिष्ट पार्टीले बोक्दै आएका न्याय, समानता र समावेशिताका नाराहरु बदलिन थालेका हुन् ? होइन भने योग्यता र क्षमता हुँदाहुँदै पनि महिला नेतृहरुलाई महत्वपूर्ण जिम्मेवारी किन कन्जुस्याइँ ?

अझ तत्कालीन माले र मार्क्सवादीको एकीकरणपछिको एमालेमा प्रधानको हैसियत नै स्वीकार्न आनाकानी गरियो । ठिक यही कोणबाट आजको पार्टीकी प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्यलाई समेत नेकपाले उचित जिम्मेवारी दिन जरुरी ठानेन । शाक्यपछिको पुस्ताको महिला नेतृत्वको रुपमा उभिएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सभामुख पदमा गरिएको दाबी मात्र सम्मलाई पनि अनावश्यक भनिदैछ ।

वर्गविहिन समाजको परिकल्पना गर्ने कम्युनिष्ट पार्टी र नेतृत्वले नेपाली समाजमा वर्गीय असमानता मात्रै नभई जातीय, क्षेत्रीय र लैङ्गिक विभेद अझै विद्यमान रहेकोतर्फ ध्यान दिन आवश्यक छ । समाजमा आजपनि स्वतन्त्रताको आकांक्षा कायम छ । नेतृत्वमा रहेका महिलाको फरक फरक क्षमता लाई चिन्न सक्नुपर्दछ । यदि नेतृत्व तहमा पितृसत्तात्मक सोच कायम रहने हो भने लोकतान्त्रिक संविधानको कार्यान्वयन नहुने खतरा बढ्दा महिलाहरु फेरि आन्दोलित हुनुपर्ने अवस्था आउन सक्छ ।

निष्कर्शमा नेपालका राजनीतिक पार्टीहरु महिला नेतृत्वप्रति अनुदार हुनुको मुख्य कारण त्यहाँभित्रको पितृसत्तात्मक सोच प्रमुुख कारण रहेकोमा दुईमत छैन् । कम्युनिष्ट पार्टीमा पितृसत्तात्मक सोचले जरो गाड्नुको कारण चाहिँ त्यहाँभित्रको जनवादी केन्द्रियतामा आधारित पार्टी सञ्चालन विधि मुख्य देखिएको छ । त्यस्तै दोस्रो कारण भनेको पार्टीको समग्र संरचना र चिन्तन प्रणाली केन्द्रिकृत हुनु हो । पछिल्लो समय नेकपामा हावी भएका यि दुई विषयले महिला नेतृहरुप्रति पार्टीको अनुदारता छरपष्ट भएको छ । यस्तो मनोविज्ञान घट्न नसकेर झन बढ्दै जाने हो भने नेपालको समग्र लोकतान्त्रिक प्रणाली नै खतरामा पर्नसक्ने तर्फ नेतृत्व बेलैमा सचेत हुनुको विकल्प छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ