गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।
१.सत्तारुढ दल नेकपा सचिवालय बैठकले ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने गर्यो निर्णय ।
२.माघ ६ गतेका लागि बोलाइएको संसद बैठक अगावै सभामुखको नाम टुंगो लगाउन नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको थियो छलफल ।३.रिक्त सभामुख पद मा को लैजाने भन्नेमा नेकपाभित्र रस्साकस्सी चल्दै गर्दा सापकोटाको नाममा भएको हो सहमति ।४.नेपाली कांग्रेसद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र पेश ।५.सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधि समितिबाट पारित सूचना प्रविधि विधेयकको विरोधमा कांग्रेसले बुझाएको हो ज्ञापन ।६.काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु मार्फत सरकारलाई पठाए विरोधपत्र ।७.लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन बुझाइएको कांग्रेस काठमाडौं जिल्ला सभापति सवुज बानियाँको भनाइ ।८.गोकर्ण रिपोर्टको जग्गा लिज वापत यतिले दिए भन्दा बढी आफूले तिर्ने कांग्रेस राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको प्रस्ताव ।९.अहिले भाडामा लिएको कम्पनीले भन्दा ५० करोड रुपैयाँ बढी दिने भन्दै आफूलाई भाडामा दिन सरकारसँग माग ।१०.समय नसकिदै भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको रायमाझीको दाबी ।११.प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपोटिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको आरोप ।१२.प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति सञ्चारगृहबाट भराउनुपर्ने सञ्चारमन्त्री गोकुल बास्कोटाको भनाइ ।१३.गलत मनसाय राखेर समाचार सम्प्रेषण गरेको ठहर भए पत्रकारलाई जरिवाना गराउने प्रावधानको सट्टा जरिवाना कति गराउने भन्ने अंक भने उल्लेख नगर्ने जिकिर ।१४.अदालतले तोकेको जरिवाना सञ्चारगृहबाट भराउनुपर्ने बास्कोटाको प्रस्ताव ।१५.पत्रकारले लाखौं क्षतिपूर्ति दिन नसक्ने भन्दै बास्कोटाले समाचार संस्था वा सञ्चारगृहले नै तिर्नुपर्ने प्रावधान राख्नुपर्नेमा बास्कोटाको जोड ।१६.मुद्धाहरुको छानविन र जरिवाना तोक्ने अधिकार पनि अदालतलाई दिनुपर्ने बास्कोटाको भनाइ ।१७.जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको तथा कामदारको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै संघीय समितिको ठहर ।१८.उद्योगमा नेपाली कामदार न्यून रहेको र श्रमिकहरुको सुरक्षाबारे अध्ययन गर्ने समितिको भनाइ ।१९.उद्योगमा नेपाली कामदार ५८ प्रतिशत मात्र रहेको र सामाजिक सुरक्षामा सहभागी नगराइएको समितिद्वारा जानकारी ।२०.उपसमितिले बुझाएको प्रतिवेदनमा जगदम्बा स्टिल उद्योगमा नेपाली कामदारहरुलाई प्राथमिकता नदिएको उल्लेख ।२१.औद्योगिक क्षेत्रको सञ्चालनमा प्रर्याप्त स्थानको कमी देखिएको र कामदारहरुको जोखिम न्युनिकरणका लागि कुनै व्यवस्था नगरिएको पनि प्रतिवेदनमा उल्लेख ।२२.कुनैपनि नागरिकले दैनिक न्यूनतम ४५ लिटर गुणस्तरिय खानेपानी निःशुल्क पाउनुपर्नेमा सांसदहरुको जोड ।२३.पानी खान पाउने मौलिक हक भएकाले पैसा तिर्न नसक्नेलाई निःशुल्क गुणस्तरीय पानीको व्यवस्था गर्नुपर्ने सांसद खगराज अधिकारीको भनाइ ।२४.गाउँगाउँमा शुल्क तिरेर पानी खाने अवस्था रहेको र गरिबले ऋण गरेरै भएपनि धारा जडान गर्नुपरेको सांसद रंगमति शाहीको भनाइ ।२५.पैसा तिर्न नसक्ने नागरिकको घरघरमा धारा पु¥याउन राज्यको अवस्थाले नसक्ने भएकाले सार्ववनिक धाराको उपयोग गर्नुपर्ने सांसद गणेशकुमार पहाडीको जिकिर ।२६.संविधानले खानेपानीको पहुँचलाई मौलिक हकको रुपमा लिएको तर निःशुल्क भन्ने नरहेकोले सार्वजनिक धारा निःशुल्क नै हुने गरेको सांसद विन्दा पाण्डेको दाबी ।२७.निःशुल्क व्यवस्था गर्दा ४२÷४३ हजार खानेपानी आयोजनाको सञ्चालन खर्च समेत सरकारले ब्यहोर्नुपर्ने स्थिति आउने सचिव माधव वेल्वासेको तर्क ।२८.अहिलेको अवस्थामा राज्यको नीति नियम पालना गरेर व्यवसाय गर्ने अवस्था नरहेको ग्रील तथा स्टील व्यवसायीहरुको भनाइ ।२९.सरकारी कार्यक्रममा आफूहरुलाई समेट्ने वातावरण श्रृजना गर्न सरकारलाई व्यवसायीहरुको आग्रह ।३०.सामाजिक सुरक्षा योजना लगायतका कार्यक्रममा अहिलेकै अवस्थामा समेटिन नसक्ने भन्दै सहज वातावरण बनाइदिनुपर्नेमा जोड ।३१.सशस्त्रद्वन्द्वका समयमा विस्थापित छोटी भन्सार पुनस्र्थापना हुन नसक्दा डडेल्धुराको भित्रिमधेस क्षेत्रका बासिन्दालाई सास्ती ।३२.महाकाली नदीपारी भारतको टनकपुर बजारबाट सामान ल्याउन छोटी भन्सार कार्यालय नहुँदा स्थानीयलाई कञ्चनपुर भन्सार पुग्नु पर्ने बाध्यता ।३३.नेपालीका लागि नजिक र सामान पनि सस्तो भएकाले जोखिमपूर्ण यात्रा गरी टनकपुर पुग्नुपर्ने स्थानीयको गुनासो ।३४.चारधाम मध्ये महत्वपूर्ण मानिने परशुरामधाममा भारतको पूर्णागिरीका पर्यटक समेत भित्र्याउन छोटी भन्सार कार्यालय र पुल निमार्णका लागी पहल गर्नुपर्ने स्थानीयको माग ।३५.जनकपुरधामबाट चाइनिज पेस्तोलसहित दुईजना पक्राउ ।३६.पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ रम्दैय का जितेन्द्र कुमार यादव र कुमोद नारायण झा ।३७.उनीहरुको साथबाट ठूलो पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउण्ड, म्यगजिन १ थान बरामद गरेको धनुषा प्रहरीद्वारा जानकारी ।३८.पाल्पाको दमकडा खेल मैदानमा फागुन १ देखी ११ गते सम्म पाल्पा महोत्सव हुने ।३९.पाल्पा व्यापार संघको आयोजनामा हुने महोत्सवमा त्यहाँको कृषि, पर्यटन र व्यापार उत्थान हुने अपेक्षा ।४०.पाल्पाको कला संस्कृतिको संरक्षण तथा भ्रमण वर्ष २०२० लाई लक्षित गरि मेला गर्न लागिएको आयोजकद्वारा जानकारी ।४१.मेलामा उत्कृष्ट बाल उद्यान, विभिन्न जातजातिका संस्कृति झल्किने सांस्कृतिक प्रस्तुती, गाउँपालिकास्तरीय पञ्चेबाजा तथा सांस्कृतिक प्रतियोगिताहरु हुने ।४२.पछिल्लो समय लगातार बढीरहेको नेप्से आइतबार पनि बढ्यो ।४३.आइतबार शेयर बजार परिसूचक नेप्से ३३ दशमलव चार तीन अंकले बढेर १३ सय ४३ दशमलव छ पाँच विन्दुमा ।४४.बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५ दशमलव पाँच दुई अंकले बृद्धि ।४५.नेप्सेमा सुधार आइरहँदा व्यापारिक समूहको परिसूचकमा भने गिरावट, बाँकी सबै समूहको परिसूचकमा भने सुधार ।४६.माघ ७ गते ५३ औं वार्षिकोत्सव मनाउन लागेको कृषि विकास बैंकद्वारा जानकारी ।४७.कृषिलाई नछोड्ने, अरुलाई जोड्ने अभियानलाई निरन्तरता दिएको बैंकद्वारा १२ लाख निक्षेपग्राही रहेको भनाइ ।४८.१ लाख ४५ हजार कर्जाग्राही ६ हजारलाई इन्टरनेट सेवासहित २ लाख ६२ हजारलाई मोबाइल बैंकिङ लगायत सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको बैंकद्वारा जानकारी ।४९.खराब कर्जालाई नियन्त्रण गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको योजना ।५०.कुल कर्जाको ४४ प्रतिशत कृषि कर्जा प्रवाह गरेको जनाएको बैंकद्वारा ब्याजदरलाई सिंगल डिजिटमा झार्ने प्रतिबद्धता ।५१.साँढे दुई अर्ब रुपैंयाको ऋणपत्र निष्काशन गर्ने अन्तिम तयारी पनि बैंकद्वारा जानकारी ।५२.आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बृद्धि ।५३.आइतबार छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा जानकारी ।५४.कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ कुण्डाका महिलाहरु च्याउ खेती तर्फ आकर्षित ।५५.सामूहिक च्याउ खेती गर्दै आएका महिलाद्वारा अहिले समुहमा बचत समेत गर्न शुरु ।५६.च्याउ खेती थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिने बजार पनि राम्रो रहेको कृषकहरुको अनुभव ।५७.च्याउ खेतीले पहिलेको भन्दा जीवनस्तर पनि राम्रो भएकोल यो पेशाप्रति आकर्षित बनेका कृषक महिलाहरुको भनाइ ।५८.बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का घसियाँहरुको जीवनस्तरमा कुनै परिवर्तन आएन ।५९.वर्षौदेखि घाँस काट्दै आएका घसियाँहरु बजार विस्तारसँगै आफ्नो पेसा परिवर्तन गर्न बाध्य ।६०.घाँस काट्नका लागि ठाउँ नहुँदा अहिले दुना टपरी बनाउने पेशा अंगाल्दै ।६१.स्थानीय सरकारले दिएको तालिम पनि प्रभावकारी नभएको गुनासो ।६२.ललितपुरको गोदावरी नगरपालिका १३ झरुवारासीका केदार राउतको घरमा तास खेलिरहेको अवस्थामा ११ जना नगद ७ लाख १३ हजार ३ सय ७२ रुपैयाँ सहित पक्राउ ।६३.काठमाडौंको कलंकी चोकबाट १ हजार दरको ३१ थान नेपाली नक्कली नोट सहित २ जना पक्राउ ।६४.पक्राउ पर्नेमा बारा निजगढका अनुस थापा मगर र रवि आले मगर ।६५.पर्साको जगरनाथपुर गाउँपालिका १ बाट ४० किलो लागूऔषध गाँजा प्रहरीद्धारा बरामद ।६६.कपिलवस्तुको नौरङ्गियाबाट भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको ५४ वटा खसी प्रहरीद्धारा बरामद ।६७.भक्तपुरको कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा सतेन्द्र लिम्बुको मृत्यु घाइते झापाका बासुदेव खरेलको भइरहेको छ उपचार ।६८.बारामा ना.७ त ६२४० नम्बरको टयाक्टर दुर्घटना हुँदा छट्टु महत्तोको मृत्यु ।६९.सुर्खेतमा भे.५ प ६४६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक दैलेखका शिखर गिरीको मृत्यु ।७०.मकवानपुरमा ना.७ ख ३८४४ नम्बरको बसको ठक्करबाट साईकलयात्री भिमराज स्याङ्तानको मृत्यु ।७१.रोल्पाको त्रिवेणी गाउँपालिका मा ४ मे.१ ज १९१५ नम्बरको जीप दुर्घटना हुँदा मनसुर वलीको मृत्यु ।७२.काठमाडौंको बिजेश्वरी अपार्मेन्टमा संचालित हिमालयन फ्रेण्ड सप क्याफेमा आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।७३.धनकुटाका राजकुमार लिम्बुको घरमा विजुली सर्ट भई आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।७४.लेबनानमा जारी आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा एक सय पचास भन्दा बढी घाइते ।७५.एक महिनादेखि जारी आन्दोनलका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा सर्वसाधारण घाइते भएको समाचारमा उल्लेख ।७६.राजधानी बेरुतका विभिन्न स्थानबाट भेला भएका प्रदर्शनकारीले संसद भवन अघि सडक अवरुद्ध पारेपछि सुरक्षाकर्मीसँग भएको हो झडप ।७७.आफूहरुका माग सम्बोधन गर्नेगरी नयाँ मन्त्रीपरिषद गठन गर्नसमेत प्रर्दर्शनकारीको माग ।७८.जारी राजनीतिक गतिरोध अन्त्य नभए लेबनानमा गरिबीको दर बढ्न सक्ने विश्व बैंकको भनाइ ।७९.अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाअभियोग प्रजातन्त्रमाथिको खतरनाक आक्रमण भएको ट्रम्पको कानूनी समूहको भनाइ ।८०.महाअभियोग पत्रमा आरोप लगाइएका कुनै पनि अपराध पुष्टि गर्ने आधार नरहेको कानुनी समूहको दाबी ।८१.महाअभियोग सन् २०२० को चुनावमा दखल गर्ने ‘निर्लज्ज’ प्रयास मात्रै रहेको समूहको आरोप ।८२.बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले अबदेखि हिज र हर रोयल हाइनेस सम्बोधनको प्रयोग नगर्ने ।८३.राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बकिङ्गहम प्यालेसद्वारा जानकारी ।८४.यस्तै ह्यारी र मेगनले अबदेखि औपचारिक रुपमा महारानीको प्रतिनितत्व समेत नगर्ने ।८५.शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबद्धारा सरस्वती युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित ।८६.जितसँगै फ्रेन्ड्सको ७ खेलबाट ८ अंक सहित लिगको नवौं स्थानमा ।८७.सरस्वतीको क्लको भने ७ खेलबाट १ अंक ।८८.शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी क्लब विजयी ।८९.आइतबार भएको खेलमा एनआरटीद्वारा विभागीय टिम एपीएफ क्लब तीन दुई गोलअन्तरले पराजित ।९०.एनआरटीको जितमा आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले गरे एक एक गोल ।९१.७ खेलमा ११ अंक जोड्न सफल एनआरटी लिगको छैटौं स्थानमा ।९२.एपीएफ भने ७ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा ।९३.एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला÷पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश ।९४.त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार एपीएफले ,भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा गर्यो पराजित ।९५.एपीएफद्धारा भरतपुर २५–११, २५–१२ र २५–१० ले पराजित ।९६.आर्मीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा हरायो ।९६.आर्मीद्धारा जावलाखेल २५–११, २५–५ र २५–१३ ले पराजित ।९७.माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने ।९८.डोल्पो फुटवल संघको आयोजनामा काठमाडौंको बाँसबारी मैदानमा फुटवल प्रतियोगिता शुरु ।९९.विकटका जिल्लाहरुमा पनि खेलकुदप्रतिको प्रेम सराहनीय रहेको अखिल नेपाल खेलकुद संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाको भनाइ ।१००.दुर्गम जिल्लाहरुमा संघले खेलकुद क्षेत्रमा उलेख्य सहयोग गर्दै आएको र आगामि दिनमा पनि सहयोग जारी रहने शेर्पाको प्रतिबद्धता ।