काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि उच्च अंकले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम छ । नेप्सेमा ३३ दशमलव ४३ ले वृद्धि भएर एक हजार ३४३ दशमलव ६५ मा पुगेको हो । प्रतिशतका आधारमा नेप्सेमा २ दशमलव ५५ वृद्धि देखिएको हो ।
यस्तै सेन्सेटिभ परिसूचक ५ दशलव ५२ ले बढेर २८८ दशमलव ३९ मा पुगेको हो । नेप्सेले ‘बुलिस टे«न्ड’ पछ्याउँदा कारोबार रकमले पनि नयाँ उचाइ कायम गरेको छ । १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर २ अर्ब ९ करोड ८ लाख ७७ हजार ९ सय १७ बराबरको कारोबार भएको हो ।
कारोबार भएका १२ उपसमूहमध्ये आइतबार व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । त्यो उपसमूह ७ दशमलव ९८ ले घट्दा बैंकिङ १७ दशमलव ९४, होटल ४९, विकास बैंक ६६ दशमलव ५३, जलविद्युत् ४५ दशमलव ४६, निर्जीवन बीमा ३३७ दशमलव ०२, उत्पादन ५९ दशमलव ९४, अन्य १२ दशमलव ३६, लघुवित्त ३२ दशमलव ०६, जीवन बीमा ४०३ दशमलव २५ र सामूहिक लगानी कोष शुन्य ५४ ले वृद्धि भएको छ ।
बीमा समूहमा कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण देखिएपछि बजार नयाँ विन्दुमा पुगेको स्पष्ट देख्न सकिन्छ । लगानीकर्तामा बढेको सकारात्मक मनोविज्ञानले पनि बजारलाई सकारात्मक लयमा लैजान अभिप्रेरित गरेको हो ।
आइतबार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा छ । त्यो कम्पनीको प्रतिकित्ता एक हजार ३ सय कित्ता शेयर १२ करोड १५ लाख ५९ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको छ । यस्तै शिवम् सिमेन्ट १० करोड आठ लाख ५० हजार ७०६, नेपाल लाइफ इन्सुरेन्स कम्पनी आठ करोड ७९ लाख ६९ हजार ९३७, प्रभु बैंक आठ करोड १८ लाख ५२ हजार ५२९, एनसिसी बैंक ६ करोड ६७ लाख ७६ हजार ३६८, एनआइसी एशिया रु ६ करोड ३० लाख २३ हजार ३४३, नेपाल बैंक चार करोड ९३ लाख ६० हजार ९१७ र शिखर इन्सुरेन्स कम्पनी चार करोड ७२ लाख ६९ हजार ७३५ को कारोवार भई शीर्षस्थानमा रहे ।
नेप्सेका अनुसार लक्ष्मी इक्विटी फन्ड, हिमालयन जनरल इन्सुरेन्स कम्पनी, जानकी फाइनान्स प्राइम लाइफ इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्सका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सगरमाथा इन्सुरेन्स ९ दशमलव ९८, प्रिमियर इन्सुरेन्स ९ दशमलव ९८, प्रभु इन्सुरेन्स ९ दशमलव ९७ र प्रुडेन्सियल इन्सुरेन्सका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त वित्तीय संस्था ६ दशमलव ६९, कालिका पावर कम्पनी ५ दशमलव ०५, जोशी हाइड्रोपावर ४ दशमलव ४७, साल्ट टे«डिङ कर्पोरेशन ३ दशमलव ८८, विशाल बजार कम्पनी ३ दशमलव ८२ र श्री इन्भेस्टमेन्ट फाइनान्सका शेयरधनीले ३ दशमलव ४८ प्रतिशतले गुमाएका छन् ।