कुकुरले मान्छे टोके समाचार बन्दैन…तर गुप्ताङ्गमै टोके नि !

काठमाडौं । चाल्स एन्डरसन डानाले २ सय बर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए–‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’ तर उनले कहाँ टोक्यो भनेचाहिं कुकुरले टोकेपनि समाचार बन्छ भनेर चाहिं लेखेनन् ।

प्युठान जिल्लाको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको लिङ्ग कुकुरले खाइदिएका कारण यो समाचारको विषयमा मात्र बनेन, उनी र उनका बाबुआमाका लागि गम्भीर पीडाको विषय बनेको छ ।

सन्तोस केसी अहिले १५ बर्षका भए । कुकुरले उनको लिङ्ग सात महिनाको हुँदा फेदैदेखि खाइदियो । केसी जब बालिग हुन थाले उनका परिवारमा चिन्ता थपिन थाल्यो । गरिब केसी परिवार यसबेला सहयोगको याचना गर्दै चारैतिर हात फिंजाइरहेका छन् । छोराको उपचारका लागि आर्थिक अभाव भएपछि आमा विजुली केसीले सबैसँग सहयोगको आग्रह गर्दै भनिन–‘उपचारका लागि धेरै ठाउँमा धायौं तर खर्च नै धेरै भन्छन् ।’

सन्तोसको अहिले काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा पहिलो चरणको सल्यक्रिया सम्पन्न भएको छ । नेपालसमाचार पत्र दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…