Logo आश्विन १४, २०७७ बुधबार


एउटा खसीको कर एक सय ! नतिरे सडक बन्द

काठमाडौं । स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेको छ । त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपैयाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपैयाँ छ । स्थानीय सरकारले निकासी कर लिन ठाउँठाउँमा ठेक्का ने दिएको छ । ठेकेदारले खसीबोका र राँगाभैँसी देख्नेबित्तिकै सडकमा तेस्र्याएको ढाटको डोरी तानेर सडक बन्द गर्छन् ।

खसीबोका र राँगाभैँसी गनेर खनखनी पैसा लिएपछि मात्र ढाट खुल्छ । बैतडीको पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाले कार्यपलिकाबाट निर्णय नै गरेर खसीबोका हिँडाएको निकासी कर लिने निर्णय गरेको छ । पाटन नगरपालिकाले दशरथचन्द मार्गको अनार खाली र दोगडाकेदार गाउँपालिकाले महाकाली मार्गको सिल्लेगाडा सडकमा ढाट राखेका छन् ।

नगरपालिका भएर जाने खसीबोका र राँगाभैँसीमा निकासी कर लिने नगर कार्यापालिकाको निर्णयअनुसार कर लिने गरेको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल महराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी शर्मा ओलीले कोराना महामारीका कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

शक्तिशाली मन्त्रीका रुपमा सरकारमा प्रवेश गर्ने विश्लेषण हुँदै आएका उपाध्यक्ष वामदेव गौतमको चर्चा सेलाउँदै गएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकले उपत्यका ट्राफिक प्रहरीलाई  ट्रफिक पाेलहरू हस्तान्तरण गरेकाे छ ।

कालाेबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए ।

भगीरथ भण्डारी इलाम । इलाम नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि आर्थिक विकास योजना कार्यक्रम अन्तर्गत एक करोड ३६ लाख रुपैयाँ…

परिवार तथा छरछिमेकीलाई संक्रमण नहोस् भनेर अलग्गै र सुरक्षित बस्नुपर्ने उहाँको सुझाव छ ।