Logo आश्विन १५, २०७७ बिहीबार


छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

उदयपुर । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

उदयपुरगढी गाउँपालिका–७ जोगिटोमा ना.५ ख ४५१० नम्बरको ट्रिपर आइतबार दिउँसो अनियन्त्रित भइ दुर्घटना हुँदा चालक कटारी नगरपालिका–२ खोक्सा बस्ने २२ वर्षीय भुपेन्द्र खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

खोटाङको हलेशी तुवाचुङ नगरपालिका–७ मा ना.५ त ७१५४ नम्बरको ट्याक्टर आइतबार राति दुर्घटना हुँदा चालक उदयपुर त्रियुगा नगरपालिका–६ जलजले बस्ने २८ वर्षीय देव नारायण चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।