नेप्से ओरालो लाग्दा काराेबार भने उत्साहप्रद

काठमाडौं । ११ सय विन्दुबाट बढेर साँढे १३ सय विन्दुमा पुगेको शेयर बजार सोमबार पुनः ओरालो लागेको छ ।
बजारमा कारोबार रकम भने उच्च देखिएको छ । सोमबार बजार २४ दशमलव पाँच चार अंकले घटेर १३ सय १७ दशमलव एक एक अंकमा आइपुगेको छ । आइतबार भने नेप्से ३३ दशमलव चार तीन अंकले बढेर १३ सय ४३ दशमलव छ पाँच विन्दुमा पुगेको थियो ।
बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव आठ छ अंकले घटेको छ । बजारमा सबै समूहको परिसूचकमा गिरावट आएको छ । नेप्सेमा दबाब सिर्जना भएको देखिए पनि कारोबार रकम भने उत्साहप्रद देखिएको छ ।
१ सय ८२ कम्पनीको ५८ लाख ४६ हजार २ सय ३८ कित्ता शेयर २० हजार ४ सय ४६ पटक खरिदबिक्री हुँदा १ अर्ब ९७ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।