साेमबारका सय समाचार

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत
काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।

शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।

१.डा. शिवमाया तुम्बाहाङ्फेद्धारा उपसभामुख पदबाट राजीनामा ।

२.संसदीय अभ्यासलाई अक्षुण राख्न मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा तुम्बाहाङ्फेद्धारा सदनसमक्ष पेश गरिएको निवेदनमा उल्लेख ।

३.संसद बैठक लगत्तै पत्रकार सम्ेमलन गरीे आपूmले ठूलो लडाई लडेको र त्यसमा सफलता मिलेको पनि डा. तुम्बाहाङ्फेको दाबी ।

४.उपसभामुखबाट राजीनामा गरी आपूmले यू टर्न गरेको पनि तर्क ।

५.नयाँ सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा चुनाव हुने ।

६.संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सभामुखको उम्मेद्वारका लागि (मंगलबार) नै मनोनयन दर्ता हुने, उम्मेद्वारीको सूची मंगलबारनै सार्बजनिक गरिने ।

७.सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने नेकपाको निर्णय ।

८.मेडिकल कलेजहरुलाई सम्बन्धन दिन राष्ट्रियसभा सदस्य हरिचरण सिवाकोटीद्धारा सरकारको ध्यानाकर्षण ।

९.सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य हरिचरण सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पुरा भएपनि सम्बन्धन नपाएको गुनासो ।

१०. ३६ सय जनताको सेयर रहेको मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिने कुरामा सरकार किन मौन ,भन्दै गर्नु भयो प्रश्न ।

११.झापाको बि एण्ड सी अस्पतालमा सुविधा सम्पन्न भवनहरुको निर्माण सम्पन्न भइसक्दा पनि सम्बन्धन नपाएकोतर्फ गराउनुभयो सरकारको ध्यानाकर्षण ।

१२.देशको मेरुदण्डका रुपमा रहेका उद्योगहरुको सञ्चालन गर्नतर्फ सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रिय सभा सदस्य नन्दा चपाईंको जोड ।

१३.सरकारले संघीयता कार्यान्वयनमा ततारुकता नदेखाएको राष्ट्रिय सभा सदस्य तारादेवी भट्टको आरोप ।

१४. नेकपा राष्ट्रियसभा संसदीय दलको बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा लियो जानकारी ।

१५.आज बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग गरेका हुन छलफल ।

१६.दलभित्र एमसीसीका विषयमा एउटै मत बनोस भन्ने उद्देश्यले छलफल गरिएको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको भनाई ।

१७.सरकारले गरेको अमेरिकाको एमसीसी सहायता सम्बन्धी सम्झौता पछिल्लो समय बनेको छ विवादित ।

१८.कतिपय स्थानीय सरकारका प्रमुखहरुले संवैधानिक मर्यादामा बिर्सिएको मेलमिलाप परिषद्का केन्द्रीय अध्यक्ष एवं सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको आरोप ।

१९.स्थानीय सरकारका प्रमुखहरुले कानुन निर्माण गर्ने जिम्मेवारी पाएसँगै निर्माण गरेका कानुनभन्दा आफूलाई माथि राख्ने गरेको खतिवडाको दाबी ।

२०.मुलुकको सर्वोच्च पदमा रहेका व्यक्तिहरु पनि देशको कानुन भन्दामाथि नहुने भन्दै उहाँले कानुनी राज्यमा संविधानको मर्यादा कसैले भुल्न नहुनेमा दिनुभयो जोड ।

२१.सरकारले वि.सं २०७२ मै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरता कार्यक्रम जारी राखेपनि हालसम्म मुलुक साक्षर हुन सकेन ।

२२.‘साक्षर नेपाल’ अभियान आगामी वर्ष २०७७ का लागि निर्धारण गरिएको सरकारको घोषणा ।

२३.जुम्लाको चन्दननाथ मन्दिरबाट हराएको दत्तात्रेयको मूर्ति भेटियो ।

२४.मूर्ति फेला परेपछि स्थानीय खुसि , बाजागाजासहित ¥याली निकाले ।

२५.नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका ८२ वर्षीय नेता बलदेव शर्मा पोखरेलको निधन ।

२६.१९९४ साल माघ १९ गते प्युठानमा जन्मिनु भएका पोखरेल कांग्रेशको सिफारिशमा समानुपातिक तर्फबाट बन्नुभएको थियो प्रदेश सभा सदस्य ।
२७.भोजपुरमा पहिलो पटक ड्राइभिङ सेन्टर खुलेपछि स्थानीयलाई सहजता ।

२८.आफ्नै ठाउँमा सहज रुपमा सवारी साधनको सीप लिन पाउँदा स्थानीय खुसी ।

२९.सहज रुपमा जिल्लामा सवारी साधान सिकेर स्वरोजगार हुने स्थानीयको अपेक्षा ।

३०.विगत १८ वर्षदेखि बन्द रहेको पर्साको वीरगञ्ज पिपरामा अबश्थीत चिनी कारखानाका भौतिक संरचनाहरु दिनप्रतिदिन जीर्ण बन्दै ।

३१.केहि मर्मत गरेर कारखाना सञ्चालन गर्न सकिने भएपनि सरकारको ध्यान नगएपछि कारखाना दिनानुदिन जिर्ण बन्दै ।

३२.वि.स. २०१९ सालमा पूर्ण रुपमा सरकारी स्वामित्वमा स्थापित पर्साको वीरगञ्ज चिनी कारखाना २०५९ साल चैत ७ गतेदेखि भएको थियो बन्द ।

३३.वीरगञ्ज चिनी कारखानाको नाममा रहेको सम्पत्तिहरुलाई सरकारले ध्यान नदिएको स्थानीयको आरोप ।

३४.रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बस्तीको मुखैमा फोहोर फाल्दा दुर्गन्धले स्थानीयबासी बस्न नसक्ने अवस्थामा पुगेपछि आन्दोलित ।

३५.फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिड्ने बाटोसमेत नरहेपछि स्थानीयले लगाए फोहोर ल्याउन रोके ।

३६.हात्तीसुड र बिनापाते क्षेत्रका चारसय बढी परिवारका करिब दुई हजार जनसंख्या फोहोरको दुर्गन्धबाट प्रभावित ।

३७. छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा चोलराज शर्मा जोशी नियुक्त ।

३८.गैरआवासीय नेपाली संघ एनआरएनद्धारा गोरखाको लाप्राकमा निर्माणाधिन एनआरएन नमूना बस्तीको निर्माण कार्य सम्पन्न ।

३९.पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको एनआरएनले दिएको हो जानकारी ।

४०.अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएको र हिउँ पग्ले पछि नमुना बस्ती हस्तान्तरण गरिने संघका अध्यक्ष कुमार पन्तको भनाई ।

४२.काठमाडौं महानगरपालिका क्षेत्रमा नमूना सार्वजनिक शौचालय निर्माणका लागि ४० लाख रुपैयाँ सहयोग संकलन गरेको पनि संघको भनाई ।

४३.भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणमा भएको लापरवाहीका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने संभाबना ।

४४.सडकनिर्माणको म्याद सकिँदा पनि निर्माण कार्य पुरा नहुँदा स्थानीय लगायत यात्रु सास्ती खेप्न बाध्य ।

४५.एडीबीको ऋण लगानीमा बनिरहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड ठेकेदारको लापरवाहीका कारण निर्माण अवधि सकिएपनि निर्माण सकिएन ।

४६.सुरुमा भैरहवा–लुम्बिनी–तौलिहवा सडकको ४१ किलोमिटर १ सय ३० मिटर लामो सडक आयोजना १ अर्ब ९३ करोडमा सुरुमा गरिएको थियो ठेक्का सम्झौता ।

४७.अहिले पुनर्मूल्याङ्कन गरी २ अर्ब ९ करोड ८ लाख पु¥याइयो, सडकको हालसम्म ६० प्रतिशत मात्रै निर्माण सम्पन्न ।

४८.आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा चालू आर्थिक वर्षको पहिलो छ महिनामा

४९.सोमबार छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार ।

५०.चाँदी प्रतितोला आठ सय नब्बे रुपैयाँमा कारोबार ।

५१.धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार २६ दशमलव ५४ अंकले ओरालो ।

५२.नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक सोमवार २६.५४ विन्दुले घटेर १ हजार ३ सय १७ दशमलव १,१ रुपैयाँमा ।

५३.नेप्सेका अनुसार कारोबार भएका सबै उपसमूहको शेयर लागेको छ ओरालो

५४.नेपाल राष्ट्रबैंकले मर्जर प्रकृया शुरु गरेदेखि हालसम्म १ सय ३८ बैंक तथा वित्तिय संस्था भए खारेज ।

५५.कूल १८१ बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका मध्ये खारेजपछि अहिले ४३ संस्था कायम भएको राष्ट्रबैंकको भनाई ।

५६.राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७६ मंसिर मसान्तमा १सय ६५।

५७.जसमध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक ।

५८.बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मा ४ जना युवाहरुले करिब साढे ५ बिगाहा क्षेत्रफलमा माछापालन ।

५९.नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्ड २०७६ आगामी शुक्रबार आयोजाना गरिने ।

६०.शहरी विकास तथा राज्यमन्त्री रामवीर मानन्धर उद्घाटन गर्ने कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा हुने ।

६१.पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ संसार लाइफ टाइम एचिभमन्ट अवार्डले वरिष्ठ संगीतकार अमर राज राजोपाध्यायलाई सम्मान गरिने ।

६२.बहुमुखी प्रतिभाका धनी कलाकारहरुको प्रतिभालाई सम्मान गर्ने उद्देश्यले अवार्ड हुन लागेको आयोजकको भनाई ।

६३.सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली चोरी पैठारीमा संलग्न तीन जना पक्राउ गरी प्रहरीद्धारा सार्वजनिक ।

६४.पक्राउ पर्नेमा भारतका मोहमद आदिल हुसेन, उदय भनिने शरण कुमार सिंह र नुवाकोटका नारायण बोगटी ।

६५.काठमाडौंको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौंको गौरिघाट स्थित गोदामबाट सामान सहित पक्राउ गरेको प्रहरीको भनाइ ।

६६.वीरगंज महानगरपालिका २२ जगरनाथपुरको बाँसघारीमा बहुदरमाई नगरपालिका ७ का सुरेन्द्र सहनीको हत्या गरी फरार रहेका ३ जना पक्राउ ।
६७.पक्राउ पर्नेमा वीरगंजका अजय कुमार साह, राजन साह कानु र कृष्ण कुमार गुप्ता ।

६८.मकवानपुरमा करिब १३ किलो लागूऔषध गाँजा सहित पर्साका बृजलाल जयसवाल पक्राउ ।

६९.बाँकेमा लागूऔषध ब्राउनसुगर सहित खजुरा गाउँपालिका ३ का तुल बहादुर गुरुङ पक्राउ ।

७०.ललितपुरको ग्वार्कोबाट रेड पाण्डाको छाला १ थान सहित ३ जना पक्राउ ।

७१.पक्राउ पर्नेमा जाजरकोटका हेम राज बिक, तिलक बस्नेत र राजेन्द्र चुनारा ।

७२.भक्तपुरको सुर्यबिनायक नगरपालिका ८ का नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेका ५ जना नगद ४६ हजार ७ सय ३० रुपैयाँ सहित पक्राउ ।

७३.भक्तपुर नगरपालिका ४ सुकुलढोकाका शैलेन्द्र कुमार हालेयो जोशीको टिपिकल नेवारी खाजाघरबाट जुवातास खेलिरहेका ४ जना नगद ४२ हजार ८ सय २५ रुपैयाँ सहित पक्राउ ।

७४.काठमाडौं सामाखुसीको बिगमार्ट सुपर मार्केटबाट नगद ५ लाख ७ हजार रुपैयाँ र २४ हजार १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा काठमाडौंका बिशाल गुरुङ समेत ३ जना पक्राउ ।

७५.उदयपुरमा ना.५ ख ४५१० नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक कटारी नगरपालिका २ का भुपेन्द्र खत्रीको मृत्यु ।

७६.खोटाङमा ना.५ त ७१५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक उदयपुर त्रियुगा नगरपालिका ६ का देब नारायण चौधरीको मृत्यु ।

७७.रौतहटका रामजनम राय यादवको गोठमा आगलागी करिब ७ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।

७८.प्रतापपुर गाउँपालिका ५ को वडाको कार्यालयमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट ।
७९.चीनमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु हुनुकासाथै संक्रमितको संख्या २ सय पुग्यो ।

८०.चिनियाँ विवरण अनुसार पछिल्लो समयमा ४५ जना सो भाइरसबाट संक्रमित भएको प्रयोगशाला प्ररिक्षणबाट पुष्टि ।
८१ं.यमनको एक सैन्य शिविरमा मिसाइल आक्रमण हुँदा ८० सैनिक मारिए, दर्जनौं सैनिक घाइते ।

 

८२.यमनको राजधानी सानाबाट १ सय ७० किलोमिटर पूर्वमा रहेको सैन्य शिविरमा प्रार्थना गरिरहेको बेला भएको थियो मिसाइल प्रहार ।

८३.आक्रमण हुथी विद्रोहीले गराएको हुनसक्ने यमन सरकारको आशंका ।

८४.यमनका राष्ट्रपति अब्द्रबुबु मन्सुर हादीद्धारा घटनाको भत्र्सना ।

८५.यसअघि पनि हुथी बिद्रोहीले यमनको दक्षिणी शहर अदनमा भइरहेको सैन्य परेडमा मिसाइल हमला गर्दा ३२ जना सैन्य जवानको भएको थियो मृत्यु ।

८६.सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाँडे ।

८७.ब्रिगेडका गोलरक्षक विशाल सुनारले म्यान अफ दी म्याच घाे

८८.बराबरीसँगै सात खेलबाट नौ अंक बनाएको संकटा आठौं र आठ अंक बनाएको ब्रिगेड नवौं स्थानमा ।

८९.च्यासल युथलाई हराउँर्दै त्रिभुवन आर्मी क्लब जारी सहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा ।

९०.त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भएको सातौ चरणको अन्तिम खेलमा आर्मीले च्यासलमाथि ३–० गोल अन्तरको हरायो ।

९१.सात खेलबाट आर्मीको १६ अंक, दोश्रो सथनमा रहेको मनाङको १३ अंक ।

९२.विभागीय टिम नेपाल पुलिस क्लबको राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला÷पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ पहिलो जित ।

९३.ढोरपाटन स्पोर्ट्स क्लब पुलिस क्लबद्धारा ३–० को सेटमा पराजित ।

९४.जितसँगै समूह ’बी’ को पुलिसले २ खेलमा ३ अंक जोडदै पुलिस सेमिफाइनल नजिक ।

९५.भरतपुर मेट्रो खेलकुद परिषदले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा हरायो ।

९६.आइसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत दक्षिण अफ्रिका विरुद्धको तेस्रो खेलमा इंग्ल्याण्ड विजयी ।

९७.अस्ट्रेलियामा जारी विग वास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सवाधिक विकेट लिने खेलाडीको छैटौं स्थानमा ।

९८.अहिलेसम्म १२ मध्ये एक खेलमा मात्रै बाहिर बसेका सन्दीपले विकेट संख्या १४ र्पुयाए ।

.९९ दशौं स्थानमा रहेका सन्दीपले सोमबार सिड्नीविरुद्ध २ विकेट लिएपछि एकै पटक छैटौं स्थानमा उक्लिन सफल ।

१००.सन्दीपले अहिलेसम्म ३८ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै २ सय ९५ रन खर्चिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…