६८४६ प्रहरीले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी) देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रुपमा ७ जनाले राजीनामा दिने गरेको पाइएको छ । पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनुलगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ । कतिपयले भने विदेश जानकै लागि राजीनामा दिने गरेका छन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४ ०७५ मा २ हजार ५६४ जना प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनैमा ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) २ प्रहरी नायब उपरीक्षक (डीएसपी) ८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) १०४ सई, ३०७ असई, १८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन् । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दिल्ली शहर सुन्दर बनाउन रगत पसिना बगाएका मजदुर अहिले शिर निहुराएर गाउँ फर्किन व्यग्र देखिन्छन् ।

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

काठमाडौं । मुलुकमा फेरि अर्को व्यक्तिमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बेल्जिमबाट आएकी युवतीमा कोरोना भेटिएको हो…

नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्यमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना भाइरसको मुख्य लक्षणमा ज्वरो, अत्यधिक थकान, सुख्खा खोकी र श्वासप्रश्वास तीव्र हुने पर्दछन्

पहिला बाँच्ने अधिकार सुरक्षित भएमात्रै अरु अधिकार उपभोग गर्न पाइन्छ