हवात्तै घट्यो प्याजको भाउ, किलोको कति ?

काठमाडौं । चाडपर्वसँगै आकाशिएको प्याजको मूल्य अहिले भने क्रमिक रुपमा घट्दै गएको छ । दशै र तिहारपछि प्रतिकिलो २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य अहिले भने ६२ रुपैयाँमा झरिसकेकाे छ ।

बजारमा सुकेको प्याज खुद्रा मूल्य प्रतिकिलो ७० देखि १ सय २० रुपैयाँसम्ममा बिक्री हुन थालेको छ । बजारमा भारतीय र चिनियाँ दुई थरीका प्याज पाइन्छ । चिनियाँ प्याज भारतीय भन्दा निकै सस्तो छ ।

सोमबार भारतीय प्याज प्रतिकिलो १ सय १२ र चिनियाँ प्याज किलोको ६२ रुपैयाँ थोक मूल्य रहेको कालिमकाटी तथा तरकारी बजार विकास समितिले जनाएको छ । मूल्य अकस्मात ह्वात्तै बढेपछि उपभोक्ताले प्याज खान छोडेका छन् ।

कृषि मन्त्रालयका अनुसार मुलुकमा वर्षेनी करिब ५ लाख टन भन्दा बढी खपत प्याज हुने गरेको छ । नेपालमा प्याजको व्यासायिक उत्पादन न्यून छ । प्याज ठूलो परिणाममा भारत र चीनबाट आउने गरेको छ । व्यापारीले थाइल्याण्ड र निकारागुवाबाट समेत व्याज ल्याउँछन् ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५, ०७६ मा १ लाख ७८ हजार ४ सय ६८ टन प्याज आयात भएको छ । त्यो ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँ बराबरको हो ।

अरू तरकारीकाे मूल्य कति ?

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…