Logo असार ४, २०७८ शुक्रबार


६० बालबालिकाले नियाले प्रहरी हिरासत

सनिउल्ला धोबी
कपिलवस्तु । जिल्लामा बालबालिकाले प्रहरी हिरासत नियालेका छन् । विभिन्न ठाउँका ६ विद्यालयका ६० बालबालिकाले सोमबार जिल्ला प्रहरी कार्यालयकाे हिरासत कक्षको अवस्था र स्थिति अध्ययन अवलोकन गरेका हुन ।

बालवालिकाले हिरासत कक्षसगै महिला तथा बालवालिका सेवा केन्द्र, कन्टोल रुम, मुद्दा फाँटको वस्तुस्थिति बुझ्ने माैका पाए । उनीहरूले कपिलवस्तु नगरपालिकाको न्यायिक समितिसहित विभिन्न शाखाको अवस्था समेत अवलोकन गरेको प्रहरी नायव निरीक्षक ।हरिद्धार धोवीले जानकारी दिनुभयो । बालबालिकालाई ती शाखाबाट प्रदान गरिने सेवाबारे जानकारी दिएको उहाँले बताउनु भयो ।

अवलोकनमा शुद्धोधन गाँउपालिकास्थित नेपाल राष्टिय मावि मुडफुटवा, माध्यमिक विद्यालय नन्दनगर, कृष्णनगर नगरपालिकाको महेन्द्र मावि, राम गोरखा मावि बहादुरगंज, कपिलवस्तु नगरपालिकाको बुुद्ध पद्यम मावि र रत्नराज्य मावि तौलिहवाका विद्यार्थी सहभागी थिए । कपिलवस्तु नगरपालिकाको न्यायिक समिति संयोजक तथा उपप्रमुख लक्ष्मी गुप्ताले न्यायिक समितिवाट प्रदान गरिने सेवा, न्यायिक समितिको क्षेत्राधिकारबारे जानकारी दिनुभयो । मुद्दा शाखा तथा हिरासत कक्षबारे प्रहरी निरीक्षक सन्तोष खनाल, महिला तथा बालवालिका सेवा केन्द्रवाट प्रहरी हवल्दार पार्वती गुप्ताले जानकारी दिनुभयो ।

कार्यक्रम डिएफएलीको आर्थिक सहयोग, भि एस ओ नेपाल तथा इन्टरनेशनल एलर्ट को प्राविधिक सहयोग र मधेस मानव अधिकार गृह (माहुरी होम) संयुक्त साझेदारीमा संचालित सहज परियोजना अन्तरगत अवलोकन अनुगमन कार्यक्रम संचालन गरिएको थियो । माहुरी होमको सामाजिक परिचालक लक्ष्मी चौरसिया, कार्यक्रमको उद्देश्य भि एस ओ नेपालका प्रदेश ५ का प्रतिनिधि ऋषिराम भटटराई र कार्यक्रमको सहजीकरण रिखिराम निगमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…