एकै परिवारका पाँचसहित ८ पर्यटकको मृत्यु, खुल्यो परिचय (अपडेट)

काठमाडौं । मकवानपुरको दामनमा बेहोस भएर मृत्यु भएका ८ जना भारतीय पर्यटकको परिचय खुलेको छ । दामनको थाहा नगरपालिकास्थित एभरेष्ट पानोरामा रिसोर्टमा एकै कोठामा सुतेका एकै परिवारका पाँचजना सदस्यसहित आठै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३९ वर्षीय प्रविण कृष्ण नायर, उनकी श्रीमती ३४ वर्षीय सरायाना, उनीहरुका ६ वर्षीया छोरी आर्छा, ४ वर्षीया छोरी सर्विन्द्रा र ५ वर्षीय छोरा अभिनभ रहेका छन् । त्यसैगरी ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३४ वर्षीया इन्दु रञ्जित र उनीहरुका दुई वर्षीय छोरा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

सोमबार साँझ १५ जना पर्यटक पानोरामा रिसोर्टमा बसेका थिए । ती मध्ये ८ जना एकै कोठामा हिटर बालेर बसेका कारण निसासिएर बेहोस भइ मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक ८ जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

याे पनि पढ्नुहाेस्:

हिटर बालेर सुतेका ८ पर्यटककाे मृत्यु (अपडेट)

रिसोर्टमा बसेका ८ पर्यटक बेहोस, सबैको मृत्यु भएको आशंका

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । सरकार प्रतिपक्षीको विरोधलाई थेग्न…

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । वृष– राम्रो आम्दानी हुनेछ, सुख सयलमा खर्च बढ्नेछ । मिथुन– राजनीतिमा लाभ…

काठमाडौं । कलंकीमा एउटा ट्रकले दशवटा सवारी साधनलाई ठककर दिँदा एकजनाको मृत्यु भएको छ । ब्रेक फेल भएर अनियन्त्रित भएको…

काठमाडौं । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय…