‘सरकारले हामीलाई विश्वासै गरेन’

काठमाडौं । उद्योगी व्यवसायीहरुले आफूहरुलाई सरकारले अझैपनि विश्वास गर्न नसकेको गुनासो गरेका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले सरकारले अझैपनि नेपालका उद्योगी व्यवसायीहरुलाई विश्वास गर्न नसकेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुले इमान्दार भएर काम गरे पनि केही व्यवसायीलाई देखाएर सरकारले विश्वास नगरेको बताउनुभएको हो ।

‘भन्सार जुन हिसाबले बढेको छ राजश्व जुन हिसाबले बढेको छ यसले नेपालको निजी क्षेत्र इमान्दार छ जस्तो लाग्छ मलाई, हामी कर तिर्न चाहन्छौं भन्सार तिर्न चाहन्छौं’, उहाँले भन्नुभयो, ‘हामीलाई अविश्वास गरिएको जस्तो पनि कहिले कहिले लाग्छ, हुनसक्छ केही साथीहरुले विकृति गरेका होलान् कानून विपरित गरेका होलान ९० प्रतिशत भन्दा बढीले कर तिर्न चाहन्छौं राज्यप्रति हामी जिम्मेवार छौं ।’ यो देशलाई विकास गर्न र समृद्ध बनाउन लागिपरेकाले आफूहरुलाई सरकारले विश्वास गर्नुपर्ने गोल्छाको भनाइ थियो ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले राम्रो भ्यालु एडिसन गरेर काम गर्ने र राम्रो रोजगारी सिर्जना गर्ने उद्योगहरुलाई सरकारले अझ बढी सुरक्षा दिनुपर्ने ठाउँमा विश्वास नगर्दा निरुत्साहित हुनुपरेको बताउनुभयो ।

कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले ट्रस्टेड ट्रेडर्सको अवधारणा कार्यान्वयनमा छिट्टै ल्याउन आग्रह गर्नुभयो । उहाँले व्यापार सहजिकरणको मूलभुत सिद्धान्त अनुसार भन्सार कार्यालयले सेवा दिन नसकेको साथै भन्सार विभागले दिने सेवा उद्योगी व्यवसायीहरुलाई चित्त बुझ्ने हुनुपर्ने समेत बताउनुभयो ।

ट्रस्टेड ट्रेडर्सको अवधारणा कार्यान्वयनमा ल्याइनुपर्ने, आवश्यक कागजात विद्युतीय माध्यमबाट बुझाएमा बिनाशुल्क एक्जिम कोड स्वतः नविकरण हुने व्यवस्था गरिनुपर्ने, भारतबाट मालवस्तु पैठारी गर्दा कस्टम सर्टिफिकेट दिन नसक्ने अवस्था हो भने सार्वजनिक सूचना प्रकाशन गरिनुपर्ने, व्यापार सहजिकरणको मुलभुत सिद्धान्त अनुसार भन्सार बढी सेवामुखि हुनुपर्ने लगायतका माग राख्दै उहाँले भन्नुभयो, ‘ सबैभन्दा ठूलो कुरो यही छ किनभने हामीलाई सेवा दिन जो बस्नुभएको छ त्यो हामीलाई चित्त बुझ्ने खालको छ की छैन ?’

कार्यक्रममा उद्योगी व्यवसायीहरुले अहिले छलफल गर्दा समस्या समाधान भइसकेको जस्तो लाग्ने तर फिल्डमा गएर काम गर्दा फरक व्यवहार हुने गरेको बताएका छन् । अटोमोबाइल्स व्यवसायी सुनिल रिजालले आफूहरुलाई भन्सारमा अपराधी जस्तै व्यवहार गर्ने गरिएको बताउनुभयो । उहाँले व्यवसायीहरु सुध्रिएको अवस्थामा पनि भन्सार विभागका कर्मचारीहरु अझै नसुध्रिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ‘हामीले हजुरहरुसँग कुरा गर्दा कस्तो लाग्छ भने समस्या अहिले नै समाधान भयो जस्तो लाग्छ, तर हामीले फिल्डमा गएर काम गर्दौखेरी धेरै नै समस्या आउँछ र उहाँहरुले अपराधी जस्तै व्यवहार गर्नुहुन्छ र फोनमा पनि हामीले यहाँबाट बोर्डरमा डिल गर्दाखेरी धेरै नै गाह्रो छ त्यो कुरालाई अलिकति व्यवहारमा परिवर्तन कसरी ल्याउने हो पहिलो त व्यवसायी नै सुध्रिनुपर्यो हामी सुध्रिन तयार छौँ सुध्रिएका पनि छाैँ ।’

उद्योगी व्यवसायीहरुले स्वदेशी उद्योगीले उत्पादन गरेको जलविद्युत विदेशमा बिक्री गर्न नसकिने कानून रहेको भन्दै त्यसमा पुनरावलोकन गर्न अर्थमन्त्रालयलाई आग्रह गरेका छन् । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले स्वदेशी उद्यमीहरुले उत्पादन गरेको विद्युत विदेशमा बिक्री गर्न नमिल्ने कानून रहेकाले आफूहरु विदेशमा कम्पनी स्थापना गरी त्यसकै नाउँबाट जलविद्युत परियोजना निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहको बताउनुभयो ।

उद्योगी व्यवसायीहरुले व्यापार घाटा धेरै नै बढेकाले स्वदेश भित्र उत्पादन हुने वस्तुहरुको आयातमा कडाई गर्न आग्रह समेत गरेका छन् । उद्योगीहरुले उद्योगहरुले भन्सारमा पाउने सेवा सुविधाहरुलाई फेरी एकपटक पुर्नविचार गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालमा कम गुणस्तरका सामान आयात हुने र डम्पिङ साइड बन्ने अवस्थालाई कम गर्न अन्तर्राष्ट्रिय गुणस्तरका वस्तुहरुको मात्र आयात गर्नुपर्ने व्यवस्थमा कडाई गर्न समेत माग गरेका छन् । यसले स्वदेशी उद्योगहरुको संरक्षणमा सघाउ पुर्याउने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको…