गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेतकाठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति १० बजे र पुनः प्रसारण राति १ बजे र बिहान ३ बजे हेर्न सकिन्छ । जनता समाचार डट्कममा पनि आज घटेका विश्वभरका एक सय समाचार पढ्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, अपराध, प्रदेश, मनोरञ्जन, अन्तर्राष्ट्रिय, खेलकुद, लगायतका सम्पूर्ण समाचारको एकमुष्ट समाचार संगालो शत % समाचार।
१.थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वरा आन्दोलनका कार्यक्रम घोषणा ।२.सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग ।३.टीकापुर घटनाको छानविन गर्न बनेका समितिहरुले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि मोर्चाको माग ।४.२० दिनभित्र आफ्ना मागहरु पूरा गर्न मोर्चाका संयोजक लक्ष्मण थारुद्वारा सरकारलाई आग्रह ।५.देशमा संघीयता, स्वायत्तता स्थापना गर्न संघर्ष गर्नेहरुलाई सरकारले दमन गर्ने नीति लिएको खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्बुलको आरोप ।६.माघ १४ गते प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र मोर्चाको तयारी ।७.माग सुनुनवाई नभए तराईका विभिन्न जिल्लामा जनप्रदर्शन गर्ने र तीन दिने बन्द तथा आमहड्ताल गर्ने घोषणा ।८.सरकारद्धारा तोकेको समयमा उखु किसानलाई बक्र्यौता रकम नदिने दुई चिनी मिलको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार ।९.उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई भुक्तानी दिन अटेर गरेका अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न बैंकलाई पत्राचार ।१०.मन्त्रालयका अनुसार उखु किसानको बक्यौता रकम भुक्तानी नगर्दासम्म ती दुवै मिलको सम्पूर्ण आर्थिक कारोबार रोक्का गर्ने ।११.दुवै उद्योगमाथि राजस्व सम्बन्धी अनुसन्धान गर्न राजस्व विभागलाई समेत गरियो पत्राचार ।१२.भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगको भनाइ ।१३.मतदानस्थलमा निर्वाचनका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री पुगिसकेको पनि आयोगद्वारा जानकारी ।१४.आयोगले बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय गरेको छ निर्धारण ।१५.मतदान सकिएपछि बिहीबार नै नतिजा प्रकाशन गर्नेगरी व्यवस्था मिलाएको आयोगको भनाइ ।१६.गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यले राष्ट्रियसभा सदस्य चुन्ने ।१७.बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहद्वारा आगजनी ।१८.गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी भएको प्रहरीद्वारा जानकारी ।१९.गाउँपालिकाका लागि भाडामा लिइएको म १ च ४ सय ८८ नम्बरको स्कारपियोमा पनि आगजनी ।२०.घटना कसले र किन ग¥यो भन्नेबारे केही खुल्न नसकेको र अनुसन्धान भइरहेको बैतडी प्रहरीद्वारा जानकारी ।२१.राष्ट्रिय परीक्षा बोर्डद्वारा यस वर्षको कक्षा १२ र ११ को परीक्षाको तालिका सार्वजनिक ।२२.सार्वजनिक तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ गतेदेखि र ११ को वैशाख २१ गतेबाट सञ्चालन हुने ।२३.साधारण (संगीत, ललितकला र संस्कृत) तथा प्राविधिक विषय समूहको परीक्षा एकै मितिमा सञ्चालन हुने बोर्डद्वारा जानकारी ।२४.नियमित, ग्रेडवृद्धि र आंशिक विद्यार्थीका परीक्षा पनि एकै समयमा सञ्चालन हुने बोर्डको भनाइ ।२५.कृषिमा आधारित उद्योगहरुको स्थापनापछि मात्रै मुलुक समृद्ध बन्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको भनाइ ।२६.मुलुकलाई आर्थिक समृद्ध बनाउने प्रमुख आधार नै कृषि भएको मन्त्री भट्टको दाबी ।२७.निजी क्षेत्रलाई सबल बनाउँदै मुलुकको अर्थतन्त्र बलियो बनाउने तर्फ सरकार उन्मुख भएको मन्त्री भट्टको जिकिर ।२८.दामनको पानोरमा रिसोर्टमा आठजना भारतीय पर्यटकको मृत्यु भएको घटना छानविन गर्न पर्यटन विभागद्धारा समिति गठन ।३९.विभाग अन्तर्गतको होटल शाखाले बुधबार सूचना जारी गरी घटनाको सत्यतथ्य बुझ्न शाखाका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गरेको छ गठन ।४०.समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न दिइएको छ आदेश ।४१.समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र होटल संघ नेपालका एक÷एक प्रतिनिधि तथा पर्यटक प्रहरीका निरीक्षक सदस्य रहने विभागको भनाई ।४२.भारतबाट नेपाल घुम्न आएका १५ भारतीय नागरिक पानोरमा रिसोर्टमा बसेकोमा एउटा कोठामा सुतेका आठ जनाको भएको थियो मृत्यु ।४३.बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का राजु थापा साउन ८ गतेदेखि वेपत्ता ।४४.पानी बेच्न बजार जाने भन्दै घरबाट निस्किएका थापा सम्पर्कविहीन भएको परिवारद्वारा जानकारी ।४५.सल्यानको कपुरकोटस्थित एवान साथीभाइ होटेल एण्ड रेष्टुरेन्टमा काम गर्ने क्रममा कुक र थापाबीच विवाद भएको परिवारको भनाइ ।४६.बालकलाई विवादपछि मारिएको हुनसक्ने आफन्तको आशंका छ ।४७.बालकको प्रारम्भिक अनुसन्धानदेखि अहिलेसम्मका सबै कागजतहरु जिल्ला प्रहरी कार्यालय सल्यानलाई पठाएको प्रहरीको भनाइ।४८.घटनामा संलग्न भनिएका ५ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरद्वारा जानकारी ।४९.सामुदायिक विद्यालयमा वितरण गरिने सेनिटरी प्याड खरिद गर्न अधिकांश स्थानीय तहमा अझै बजेट पुगेन ।५०.सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत निःशुल्क सेनिटरी प्याड वितरण गर्ने सारेको थियो योजना ।५१.सेनिटरी प्याड वितरणको औपचारिक थालनी भने ललितपुरको महालक्ष्मी नगरपालिकास्थित श्रीसिद्दि गणेश माध्यमिक विद्यालयबाट शुरु ।५२.घोषणा अनुरुप ललितपुर महानगरपालिकाले प्याड खरिदको लागि रकम प्राप्त गरेपनि खरिदको प्रक्रिया भने शुरु हुन सकेन ।५३.समृद्ध दक्षिण एसिया तिर भन्ने नाराका साथ काठमाडौंमा १६ औं दक्षिण एसियाली अर्थशास्त्र विद्यार्थी सम्मेलन सेजम २०२० सेजम शुरु ।५४.त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागको आयोजनामा दक्षिण एसियाली मुलुकका अर्थशास्त्री र अर्थशास्त्रका विद्यार्थीहरु सम्मिलित सम्मेलन ६ दिनसम्म चल्ने ।५५.सम्मेलनमा सार्क मुलुकका विभिन्न विज्ञहरुबाट ६६ वटा कार्यपत्र प्रस्तुत हुने कार्यतालिका ।५६.नेपालको तर्फबाट पहिलो कार्यपत्र अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा प्रस्तुत ।५७.दक्षिण एसियाली मुलुकहरुको आर्थिक समृद्धिका लागि सुक्ष्म आर्थिक प्रणालीमा जोड दिनुपर्ने मन्त्री खतिवडाको भनाइ ।५८.आठवटा मुलुकका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि सम्मेलन फलदायी हुने अपेक्षा ।५९.सुनसरीको बराहक्षेत्र नगरपालिकले नगर अस्पताल सञ्चालन गरेपछि स्थानीयलाई उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य ।६०.गत साउन १३ गतेदेखि नगरपालिकाले आफ्नै लगानीमा १५ शैय्याको नगर अस्पताल ल्याएको हो सञ्चालनमा ।६१.४ जना चिकित्सकबाट दैनिक ओपिडि सेवा, २४ सैं घण्टा आकस्मिक सेवा, ल्याबसहित निःशुल्क औषधी वितरण हुने गरेको अस्पतालद्वारा जानकारी ।६२.निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा नगर अस्पताल सञ्चालनमा ल्याइएको जनप्रतिनिधिहरुको भनाइ ।६३.आफ्नै परीक्षण केन्द्र भएकाले दीर्घकालीन रोगीहरुका लागि उपचारमा सहजता भएको चिकित्सकहरुको विश्वास ।६४.बिरामीको चाप बढ्दै गएकाले अस्पतालको भौतिक पूर्वाधारमा पनि अभाव खड्किन नगरपालिकाको भनाइ, संघ र प्रदेशलाई सहयोगका लागि आग्रह ।६५.नेपाल निर्माण व्यवसायी महासंघद्धारा तीस बंँुदे घोषण पत्र जारी ।६६.मुलुकभित्र निर्माण व्यवसायीहरुले काम गर्ने वातावरण नरहेको नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाई ।६७.सरकारले निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको प्रत्याभूति दिन नसकेकाले काम गर्ने वातावरण नरहेको सिंहको तर्क ।६८.हालै सम्पन्न भएको महासंघको २१ औं साधारण सभा तथा नेपाल बिल्डटेक एक्स्पोका बारेमा जानकारी दिँदै सिंहले व्यवसायीका उपकरणमा सुरक्षा सरकारले गर्नुपर्नमा जोड ।६९.नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७ दशमलव शुन्य ५ अङ्कले घटेर एक हजार ३ सय १३ दशमलव ४,२ मा अंकमा ।७०.सेन्सेटिभ परिसूचक २ दशमलव १३ अङ्कले घटेर २ सय ८२ दशमलव ३,शुन्य मा समेटियो ।७१.१ सय ८७ कम्पनीका ४९ लाख १४ हजार ४ सय ३७ कित्ता शेयर एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३ सय ६४ रुयैयाँमा खरिदबिक्री ।७२.कारोवार भएका कुल १२ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मात्र बढ्यो ।७३.निर्माण सामाग्रीमा गुणस्तर कायम गराउन रुपन्देहीको बुटवल उपमहानगरपालिकाद्वारा प्रयोगशाला स्थापना ।७४.निर्माण सामग्रीको गुणस्तर जाँचपछि मात्रै प्रयोगमा ल्याइने भएकाले भवनसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउने विश्वास ।७५.यसअघि उपमहानगरपालिकाले आयोजनामा प्रयोग गरिने सामग्री सडक विभाग र व्यापारिक मार्ग आयोजनाका कार्यालयमा गराउँदै आएको थियो परीक्षण ।७६.प्रयोगशाला नहुँदा गुणस्तर परीक्षणका लागि काठमाडौं लैजानुपर्ने बाध्यताको पनि अन्त्य ।७७.बारामा प्रहरीद्वारा ठूलो परिणाममा गाँजाखेती नष्ट ।७८.दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउने स्थान जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तिका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गरिएको प्रहरीद्वारा जानकारी ।७९.मकै बारीमा गरिएको व्यावसायिक गाँजा खेती पनि फडानी गरिएको प्रहरीको भनाइ ।८०.कञ्चनपुरको भिमदत्त नगरपालिकाले मनायो पहिलो पटक आफ्नो स्थापना दिवस ।८१.जनताका साझा मुद्धा, शान्ती, सुरक्षा र राष्ट्रिय स्वाभिमानलाई उच्च पार्ने बेला आएको यातायात मन्त्री बसन्तकुमार नेम्बाङको भनाइ ।८२.सरकार गठन भएपछि समृद्ध नेपाल निर्माणको महाअभियान थालनी भएको मन्त्री नेम्वाङको जिकिर ।८३.चाँडो भन्दा चाँडो कञ्चनपुरको हुलाकी राजमार्ग निमार्ण सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको आश्वासन ।८४.डडेल्धुराको भित्री मधेसका किसान गाईपालनतर्फ आकर्षित ।८५.आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न स्थानमा चिस्यान तथा दुग्ध संकलन केन्द्रको स्थापना भएपछि किसानहरु गाईपालन तर्फ उन्मुख ।८६.आलितालको घरेलु गाउँका ४० परिवारद्वारा समुह नै गठन गरी जर्सी गाईपालनको व्यवसाय शुरु ।८७.गाईपालनका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र र विभिन्न गैरसरकारी संघसंस्थाले आर्थिक तथा प्राविधक सहयोग दिन थालेपछि स्थानीय कृषक विदेश जान पनि छाडे ।८८.धादिङमा युवाहरुको दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु , एकजना घाइते ।८९.मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का २५ वर्षीय सन्तबहादुर तामाङ रहेका प्रहरीको भनाई ।९०.चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने चिनियाँ अधिकारीहरुको चेतावनी ।९१.भाइरस फैलन नदिने प्रयास भइरहेका बेला चिनियाँ अधिकारीहरूले दिएका हुन्, यस्तो चेतावनी ।९२.भाइरसका कारण मृत्यु हुनेको संख्या नौ र संक्रमितको ४ सय ४० पुगेको चिनियाँ सरकारको तथ्यांक ।९३.अखिल नेपाल फुटबल संघ (एन्फा) र इग्ल्याण्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता ।९४.नेपाल र बेलायतको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने र आयोजना गर्ने भएको हो सम्झौता ।९५.सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलका लोरेन जोन्स गरे हस्ताक्षर ।९६.माघ २२ गतेबाट काठमाण्डौमा हुने आईसिसि वान डे वल्र्डकप लिग टु त्रिकोणात्मक सिरिजका लागि ओमनद्वारा राष्ट्रिय टोलिको घोषणा ।९७.ओमानले लिग टु अन्तर्गत आफ्नो पहिलो खेल आयोजक नेपालसँग माघ २२ गते खेल्ने ।९८.साविक विजेता नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश ।९९.मेलबर्नमा भएको दोस्रो चरणमा जापानका तात्सुमा इटो ६–१, ६–४ र ६–२ को सेटमा पराजित ।१००.१७ पटकको ग्राण्डस्लाम विजेता जोकोभिकले तेस्रो चरणमा जापानकै योशिहितो निशिओकासँग खेल्ने ।