Logo बैशाख ३, २०७८ शुक्रबार


अर्बौंका काठ वनमै कुहिए

काठमाडौं । राजधानीबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाले बिहीबार १८ पदक लागि आज हुन लागिरहेको मतदानलाई प्रमुख समाचारका रुपमा प्रकाशित गरेका छन् । पत्रिकाहरुले अन्य फरक/फरक विषयका समाचारलाई मुख्य पृष्ठमा समावेश गरेका छन् ।

बुधबार जनता समाचार डट कम मा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित), प्रहरी नै घुससहित पक्राउ, लुटपाटका लागि समूह नै घरभित्र, एक भारतीय पक्राउ, ५ हजार समाउँदा गयो प्रमुखको जागिर, ‘माग्ने बुढा’ ट्राफिक कारबाहीमा परेपछि …, ‘संसदमा नेकपाको यथेष्ट बहुमत भएकोले सभामुखमा उम्मेदवारी दिइएन’, वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक र १५० कलेज खारेज गर्ने सरकारको तयारी लगायतका समाचार प्रकाशित गरिए ।

राजधानी दैनिकमा ‘काठमा आत्मनिर्भर बनाउने सरकारी योजनामा गम्भीर प्रश्न, अर्बौंका काठ वनमै कुहिए’ शीर्षकमा प्रमुख समाचार छापिएको छ । समाचारमा उल्लेख भए अनुसार सरकारले आफ्नै वन जंगलका रुखको उपयोग गर्न नसक्दा विदेशबाट दैनिक डेढ करोड रुपैयाँको काठ निर्यात गर्नुपरेको छ । सरकारले वनको वैज्ञानिक व्यवस्थापनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा वनमा अर्बौं रुपैयाँ बराबरका काठ कुहिँदै गएका छन् । तर दैनिक १ करोड ५७ लाख ५३ हजार ४ सय ३५ रुपैयाँको काठ विदेशबाट आयात भइरहेको समाचारमा लेखिएको छ ।

समाचारमा वार्षिक ३ करोड घन फिट काठको माग भइरहेको, १ करोड ७५ लाख ५२ हजार घनफिट मात्रै उत्पादन भइरहेको, वनको वैज्ञानिक व्यवस्थापन नभएको, विचौलियाका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भइरहेको र एक वर्षमा सात मुलुकबाट ५.७५ अर्बको काठ आयात भएको उल्लेख छ । त्यस्तै राजधानीले सर्वोच्च अदालतले कूटनीतिक राहदानी दुरुपयोगको फाइल खोजेको विषयलाई पनि प्रमुख समाचारकै रुपमा पत्रिकामा प्रकाशित गरेकाे छ ।

गोरखापत्र दैनिकमा आज राष्ट्रिय सभा निर्वाचन हुन लागिरहेको विषयमा प्रमुख समाचार छ । समाचार अनुसार सातै प्रदेशमा एकसाथ आज विहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुन लागिरहेको हो । सातवटा प्रदेशका ५५० प्रदेश सभा सदस्य र स्थानीय तर्फका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ मतदाताले निर्वाचनमा भाग लिँदैछन् ।

समाचारमा लेखिए अनुसार यस निर्वाचनमा एक जना प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका एक जना मतदाताको मतभार १८ कायम गरिएको छ । जसअनुसार कुल ५५० जना प्रदेश सभा सदस्यको २६ हजार चार सय र स्थानीय तहका जम्मा दुई हजार ५६ मतदाताको मतभार २७ हजार १ सय ८ गरी निर्वाचक मण्डलको कुल मतभार ५३ हजार कायम गरिएको पत्रिकामा लेखिएको छ ।

नागरिक दैनिकमा नेकपा शीर्ष नेता नै गुटबन्दीमा फसेको विश्लेषणसहित अध्यक्षबाटै पार्टी निर्देशन उलंघन भएको विषयमा मुख्य समाचार बनाइएको छ । समाचारमा लेखिए अनुसार गत मसिर २९ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गर्नुभएका अध्यक्षद्वयले त्यसको दुई महिनापछि पार्टीको संगठन विभागले नेतृत्वविरुद्द गुटबन्दी गर्न नपाइने भन्दै नेता कार्यकर्तालाई जारी गरेको निर्देशन उलंघन गरेको उल्लेख छ ।

राजनीतिक प्रतिवेदनमा गुटबन्दी अन्त्यका लागि वैधानिक व्यवस्था गर्न प्रस्ताव राख्ने दुई अध्यक्ष तथा सचिवालयका नेताहरु नै पार्टीमा गुटबन्दी गरिरहेको समाचारमा विश्लेषण गरिएको छ । नागरिकले बसुन्धरास्थित ११ रोपनी व्यक्तिको कब्जामा रहेको समाचारलाई पनि प्रथम पृष्ठमै प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाङ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि विपक्षी दलहरु अविश्वास प्रस्ताव लयाउने कसरतमा जुटेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट…

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा काठमाडौं उपत्यकामा ठूलो हुरीबतास, चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन, ‘ओलीको पद तृष्णाका…

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…