Logo कार्तिक १५, २०७७ शनिबार


राष्ट्रियसभा सदस्यको लागि आज मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन आज हुँँदैछ । फागुनमा पदावधि सकिने १९ मध्ये १८ राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशमा निर्वाचन हुन लागेको हो .।  एक जना राष्ट्रपतिबाट मनोनित गरिनेछ ।

निर्वाचनको लागि ७ वटै प्रदेशमा उच्च अदालत रहेको स्थानमा मतदान केन्द्र तय गरिएको छ । प्रदेश १ को विरानगर, प्रदेशको जनकपुर, बागमती प्रदेशको ललितपुर र गण्डकीको पोखरा, प्रदेश ५ को दाङ, कणली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको डोटीमा मतदान केन्द्र तोकिएका छन् ।

मतदानको लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मको समय निधारण गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ५ सय ५) प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख–उपप्रमुख १ हजार ५६ समेत गरी २ हजार ५६ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।